राष्ट्रपति भण्डारी आउँदा दर्जनौं उडान प्रभावित
काठमाडौ – चीनको साताव्यापी भ्रमण टुंग्याउँदै बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फिर्ता भईन । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका कारण बुधबार पनि काठमाण्डौको आकाश खाली गराइएको थियो।
राष्ट्रपति भण्डारी स्वदेश फर्किंदा त्रिभुवन विमानस्थलमा अवतरण गर्ने अरु जहाजहरु झण्डै एक घण्टा आकाशमै घुम्न बाध्य भए । राष्ट्रपति आउँदा पनि आकाश खाली गरिएको विषय फेरि चर्चाको विषय बन्यो । उच्चपदस्थको उडान हुँदा विमानस्थल कार्यालयले सँधैजसो नोटाम (नोटिस टु एयरम्यान) जारी गर्छ ।
विमानस्थल कार्यालयका अनुसार नोटामले गर्दा २ उडान डाइभर्ट भएका छन् । होल्ड गर्नकका लागि आवस्यक इन्धन अपर्याप्त हुने अवस्था आएपछि एयरलाइन्सले नजिकैको विमानस्थलमा जहाज अवतरण गर्छन् । त्यस्तै चारदर्जन बढी आन्तरिक उडान प्रभावित भएका छन् ।