मजदुरलाई गाउँपालिकाद्वारा सुरक्षा सामग्री

तामसालिङ खबर
१८ बैशाख २०७६, बुधबार १४:१८

हेटौडा (मनहरी) – निर्माणको क्षेत्रमा काम गरिरहेका मजदुरहरुलाई मनहरी गाउँपालिकाले १३० औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अबसरमा एक कार्यक्रमका बीच सुरक्षा सामग्री प्रदान गरेको छ ।

मनहरीमा नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियनले आयोजना गरेको कार्यक्रममा सुरक्षा सामग्री प्रदान गरेका हुन् । गाउँपालिकाको तर्फबाट बिनियोजित बजेटबाट मजदुरहरुलाई सुरक्षा सामग्री बितरण गरिएको युनियनका अध्यक्ष गोविन्द घलानले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष उप्रेतीले मजदुरको पक्षमा मनहरी गाउँपालिका सदैब अघि बढ्ने बताए । उनले आफू पनि कृषि मजदुर भएको र सहकारीकर्मी समेत भएको नाताले मजदुरहरुलाई आर्थिक रुपमा सन्तुष्ट पार्नका लागि आवश्यक नीतिगत व्यवस्था गरिने बताए ।

कार्यक्रममा संविधानसभा सदस्य राजाराम स्याङ्तान, नेकपाका जिल्ला सचिवालय सदस्य रामहरि सुवेदी, गाउँपालिका उपाध्यक्ष मनिला बिष्ट, युनियनका जिल्ला अध्यक्ष प्रताप राई, प्रेस चौतारी केन्द्रीय सदस्य शिवकुमार काशी, जीफन्ट केन्द्रीय युवा कमिटीका सदस्य सन्तोष पुडासैनी लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रम अघि युनियनको मनहरी बजारस्थित कार्यालयबाट ¥याली बजार परिक्रम गरी सामुदायिक तालिम हलमा पुगी सभामा परिणत भएको थियो । (मनहरी डट्कम)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*