‘दारी बा को सेकुवा’ युएईको रोहअल ईतिहादमा
यूएई – नेपालीहरुको बैदेशिक रोजगारीको लागि पछिल्लो गन्तब्यको रुपमा युएई (दुबाई) रोजाइमा पर्छन । केही बर्ष यता नेपालीहरु श्रमिक मात्र नभई नेपालीहरु ब्यबसायी तर्फ नि लागेको छ । सामाजिक संजाल मार्फत निकै चर्चामा आएको यूएईको रसअल खेमैहमा रहेको “दारी बा को सेकुवा” ।
रस अल खेमामा नखीलमा रहेका पुरानो लुलु मार्केट छेवैमा खुलेको रोह अल ईतिहाद रेस्टुरेन्ट नामको रेस्टुरेन्टले हाल ‘दारी बा को सेकुवा’ नाम दिएको सेकुवा परिकारले ग्राहकहरुलाई निकै नै लोभ्याई रहेको देखिन्छ । रस अल खैमहका स्थानीय नेपालीहरु मात्र हैन अबुधाबी, दुबई, शारजाह, फुजैराह, अज्मान लगायतबाट कयौ नेपालीहरु ‘दारी बाको सेकुवा’ खान आजकल रस अल खैमह आउने गरेका छन् ।
‘यस्तो खाना त मैले दुबईमा कतै खान पाएको छैन’, रेस्टुरेन्टमा परिवार सहित भेटिएका चितवनका रमेश ढकालले भने, ‘यो रेस्टुरेन्टको स्वाद नै बेग्लै’ । ढकालले केक काटेर आफ्नी दुई बर्षिय छोरीको जन्मदिन मनाए । साँधेको म:म गज्जब स्वादिस्ट लाग्यो, उनले भने ।
शारजाहका नबिन अर्यालले जीबन भरमा यस्तो मिठो खाना कतै खान नपाएको सुनाए । ‘दुबईको कुरा छोडिदिनुस् न, नेपालका कत्रा कत्रा सेकुवा हाउस फ्लप हुन्छन्’ हौसिदै नबिनले भने, ‘अरुसँग तुलनै हुन्न’ । दुबईकी आरती भुसालले श्रीमानले दारीबाको सेकुवा कर्नर (रोह अल ईतिहाद) मा म:म खुबै मनपराएको भन्दै फेसबूकमा खुलेर प्रसँसा गरिन् । श्रीमानको खुशी देखेर नलेखी बस्न नसकेको उनले प्रतिकृया दिइन् ।
रेस्टुरेन्टका ग्राहक नेपाली मात्र नभएर भारतीय, अरबी र फिलिपिनो पनि रहेको प्रोपाईटर तथा म्यानेजर जीबन दासले बताए । एक पटक आएका ग्राहकहरु दोहोर्याई तेहेर्याइ आउँदा सन्तोष मिलेको उनले सुनाए । ‘हामी खाना मात्र बेच्दैनौ, नेपाली स्वादको, नेपाली खानाको प्रबर्द्दन पनि गरिरहेका छौं’, उनले भने, “दारी बा को सेकुवा” र म:मको परिकार निकै नै लोकप्रिय रहेको उनले भने ।
नेपाली खानालाइ प्राथमिकतामा राखेर त्यसको प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको रेस्टुरेन्टका अर्का संचालक निश्चल दाहालले भने, ‘ खाना खाएपछि नेपाली खाना नमिठो भन्ने सुन्नु परेको छैन’ ।
‘हामी फ्रेस खाना खुवाउँछौ, निकै स्वस्थकर हुन्छ । हामीले कसैको नक्कल गरेका छैनौ र आफ्नै नेपाली मरमसलाको फ्युजन गरि सेकुवा तथा अन्य परिकार बनाउने गरेको संचालक दाहालले भने, ‘सेकुवा नेपाली पनको बिशिस्ट स्वादको छ, एकपल्ट खाएर हेर्नुस्’ । दाहालले भने
(यो बिज्ञापनको प्रयोजनको लागि प्रकाशित गरिएको हो ।)