मकालु बेसक्याम्पमा हिममानब भेटेको भारतीय सेनाको दावी

तामसालिङ खबर
१७ बैशाख २०७६, मंगलवार २०:०९

एजेन्सी । मकालु ‘बेस क्याम्प’मा हिममानव भेटिएको भारतीय सेनाले दावी गरेको छ । भारतीय सेनाले आफ्नो आधिकारिक ट्वीटर अकाउन्टमार्फत आफ्नो आरोहण दलले नेपालको मकालु बेस क्याम्पमा हिममानव भेटिएको बताएको छ ।

भारतीय सेनाले ट्वीटर अकाउन्टमा मकालु बेस क्याम्पमा यती हिडेको खुट्टाको चिन्हसहितका तस्वीर सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको तस्वीरमा यतीको पाइलाको नाप ३२ बाई १५ मापन गरिएको छ । यसबारे नेपाल र भारतका अन्य अधिकारीहरूले भने केही बोलेका छैनन् ।

यती नेपाल र तीब्बतका पौराणिक कथामा उल्लेख भएको जीव हो । जो एसियाका सुन्दर हिमाली क्षेत्रमा बस्ने अनुमान गरिन्छ । भयङ्कर आकारमा हुने विश्वास गरिएको यतीलाई हिममानव भनिएको हो । एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*