तिन नम्बर प्रदेशका २२ स्थानीय तहमा आधारभूत शिक्षा सुनिश्चित

तामसालिङ खबर
१७ बैशाख २०७६, मंगलवार १०:५६

हेटौंडा – तिन नम्बर प्रदेशका २२ वटा स्थानीय तहका विद्यालयहरुमा आधारभूत क्षिक्षा सुनिश्चित भएको छ । आधारभूत तह सुनिश्चित भएको स्थानीय तहहरु मध्ये धादिङ र दोलखाका धेरै रहेका छन् । ती जिल्लामा ७/७ वटा स्थानीय तहका आधारभूत शिक्षा सुनिश्चित भएको घोषणा गरिएको छ ।

त्यस्तै, ललितपुरको ५ वटा स्थानीय तहमा पनि आधारभूत तह सुनिश्चत भएको घोषणा गरिसकिएको छ । २०७५ सालभरमा आधारभूत तह सुनिश्चित भएको घोषणा गरिएको थियो । मकवानपुर, भक्तपुर र सिन्धुपाल्चोकका एक/एक वटा स्थानीय तहमा पनि आधारभूत शिक्षाको सुनिश्चितता भएको घोषणा गरिसकिएको छ ।

तिन नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको शिक्षा विकास निर्देशनालयले सोमबार हेटौंडामा एक कार्य अनिवार्य आधारभूत शिक्षा सुनिश्चित भएको घोषणा गरेका २२ वटा स्थानीय तहहरुलाई सम्मान गरेको छ । ‘हाम्रो नगर हाम्रो गाउ, सबै बालबालिकाहरुलाई विद्यालय पुरु¥याऔ’ भन्ने नारा सहित कार्यक्रम भएको हो ।

यस्तै, कार्यक्रममा सामुदायिक विद्यालय शैक्षिक गुणस्तर सुधार सम्बन्धी अन्तरक्रिया पनि गरिएको थियो । विद्यार्थी भर्ना कार्यक्रमलाई प्रभाबकारी बनाउने उपाय पहिचान गर्ने, विद्यार्थीलाई विद्यालयमा टिकाउने र सिकाउने उपाय पहिचान गर्ने र विद्यालय सुधार तथा नमूना विकास गर्ने सम्बन्धी छलफल गर्ने उद्देश्यले कार्यक्रम सोमबार अन्तरक्रियाको आयोजना गरिएको थियो ।

शिक्षा बिकास निर्देशनालयका कार्यबाहक निर्देशक दिनेश कुमार श्रेष्ठका अनुसार ३ नम्बर प्रदेशमा हाल संस्थागत र सामुदायिक गरी बालविकास केन्द्र तथा पूर्व प्राथमिक विद्यालय ६ हजार ९ सय ३० वटा विद्यालय सञ्चालित छन् ।

कार्यक्रममा भोलाराज काफ्लेले सार्वजनिक शिक्षामा सुधार विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै ३ नम्बर प्रदेशका कार्यबहाक मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सामुदायिक तथा संस्थागत विद्यालयहरुले प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताए ।

कार्यक्रममा प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल, प्रदेशसभाका शिक्षा स्वास्थ्य तथा कृषि समितिका संयोजकका घनश्याम दाहाललगायतले शिक्षा क्षेत्रको विकास गर्न सके देशको समग्र विकास अघि बढ्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*