राक्सिराङका फरार प्रतिवादी मोक्तान पक्राउ

तामसालिङ खबर
१६ बैशाख २०७६, सोमबार ११:०६

हेटौडा – लागू औषध गाँजा मुद्दाका फरार प्रतिवादी मकवानपुरका इन्द्र लामा मोक्तानलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । साविक राक्सिराङ गाविस–८ थोपसालीका ३९ वर्षीय मोक्तानलाई जिल्ला अदालत मकवानपुरले २०७२ माघ १८ गते ५ वर्ष कैद र ५० हजार जरिवाना तोकेको थियो ।

प्रहरी निरीक्षक पवनकुमार झासहितको विशेष टोलीले २०७६ वैशाख १४ गते शनिवार राक्सिराङ गाउँपालिका–५ बाट मोक्तानलाई पक्राउ गरेको हो । मोक्तानलाई आइतबार जिल्ला अदालत मकवानपुरमा उपस्थित गराई कैद भुक्तानको लागि भिमफेदी कारागार पठाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*