विप्लव मकवानपुरका इन्चार्ज ज्वाला आज छुट्दै

तामसालिङ खबर
१६ बैशाख २०७६, सोमबार १०:४५

हेटौंडा – विप्लव नेतृत्वको नेकपा मकवानपुरका ईन्चार्ज बीरबहादुर घलान ज्वाला आज रिहा हुने भएका छन् । जिल्ला अदालत मकवानपुर र जिल्ला प्रशासन कार्यालयमा तोकिएको धरौटी र जरिवाना बुझाएपछि ज्वालालाई छाड्ने तयारी गरिएको प्रहरीले जनाएको छ । तोकिएको रकम बुझाएपछि कानुनतः रिहा गरिए पनि तत्कालै फेरि पक्रिएर अर्को मुद्दा लगाउने तयारी प्रहरीको रहेको छ ।

हात हतियार मुद्दाको जरिवानाबापत जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ६० हजार रुपैयाँ बुझाएका छन् । त्यस्तै विष्फोटक पदार्थको मुद्दामा जिल्ला अदालत मकवानपुरले तोकेको १८ हजार धरौटी पनि आइतबार बुझाइएको छ ।

उनको तर्फबाट अधिवक्ता केशव गौतमले प्रशासन र अदालतमा रकम बुझाएका थिए । ज्वालालाई अदालतले गत वैशाख २ गते धरौटीमा छाड्न आदेश दिएको थियो । तर, ज्वालाले सो समय धरौटी र जरिवाना तिर्न अस्वीकार गरेपछि भीमफेदी जेल चलान गरिएको थियो । गत चैत २८ गते ज्वालालाई पक्राउ गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*