राक्सीराङमा काङ्ग्रेसको दर्जनौ कार्यकर्ता नेकपामा प्रवेश
हेटौडा – राक्सीराङ गाउपालिका वडा नम्बर ७ मा अगुवा कार्यकता भेला सम्पन्न भएको छ । आइतबार भएको भेलामा पुर्ण बहादुर चेपाङ्को अध्यक्षता तथा प्रदेश संसद ओम बहादुर घलानको प्रमुख आतिथ्यमा भएको थियो ।
भेलामा नेकपाको नेताहरु लालबहादुर थापा, गोबिन्दराम चेपाङ्ग, बनस्तम थिङ्ग, खुशिलाल चेपाङ्ग कृष्ण बहादुर चेपाङ्ग,लगायतकाले मन्तब्य ब्यक्त गरेका थिए । नेपाली काङ्ग्रेस पार्टी परित्याग गरि साबिक वडा सभापती सोनाम प्रजा, जबर सिं चेपाङ्ग, बहादुर प्रजा, लगायत दर्जनौ नेकपामा प्रबेश भएका छन ।
पार्टी प्रबेशको क्रममा वडा सभापती सोनाम चेपाङ्गले वडालाई भ्रस्टाचार र लुटको अखडा बनाएको र सोझा-साझा चेपाङहरुको अधिकार लुट्ने चेपाङ नेता यसै वडाको भएकोले आफुहरु काङ्ग्रेसमा बस्न लज्जित भएको बताए ।
भेलाले पुर्ण बहादुर प्रजाको अध्यक्षतामा २९ सदस्यीय सम्मेलन आयोजक कमिटी गठन गरिएको छ ।