राक्सिराङमा काँग्रेस र राप्रपा त्यागी नेकपामा प्रवेश

तामसालिङ खबर
१५ बैशाख २०७६, आईतवार ०९:१५

हेटौडा – राक्सिराङ गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टीको अभियान तीब्र पारिएको छ । राक्सिराङ गाउँपालिका ६ सिलिंगेमा पार्टीको वडास्तरीय कार्यकर्ता भेलामा बोल्दै नेकपाका प्रदेश कमिटी सदस्य एबम् प्रदेश सांसद ओमबहादुर ग्लानले नेकपा नेतृत्वको सरकारले जनतामा खुसी ल्याउने प्रयत्न गरिरहेको बताए । उनले बिपक्षी दल नेपाली काँग्रेस नेकपा नेतृत्वको सरकारको काम देखेर आँत्तिएको पनि बताए ।

कार्यक्रममा नेकपाका नेता एबम् पूर्व सांसद गोविन्दराम चेपाङ, जिल्ला नेता लालबहादुर थापा, खुसीलाल प्रजा, कृष्णबहादुर प्रजा, ३ नं वडाध्यक्ष बाबुलाल स्याङ्तान, सिंगलाल प्रजा, बनस्तम थिङ लगायतले नेकपाको आगामी अभियानका बारेमा धारणा ब्यक्त गरेका थिए । कार्यक्रममा कम्युनिष्ट आन्दोलनका पुराना नेताहरु ज्ञानबहादुर लोप्चन र युन्मा चेपाङलाई सम्मान गरिएको थियो ।

मोतीराम प्रजाको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस र राप्रपा परित्याग गरी बेलमान तामाङ, राकेश थिङ, गणेशमान प्रजा, जगनलाल प्रजा, अरुण कुमार थिङ लगायत २ दर्जन व्यक्तिहरु नेकपा प्रवेश गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*