धनजित जिम्बा र कृष्ण लामाको नेतृत्व
हेटौडा (बकैया) – नेपाली काँग्रेस बकैया गाउँपालिका वडा नम्बर ५ ले काँग्रेसको गाउँ समिति, भातृ संगठन र महिला संघको नयाँ नेतृत्व चयन गरेको छ । शनिबार भएको भेलाले नेपाली काँग्रेस वडा नम्बर ५ को सभापतिमा धनजित जिम्बा रहने गरी १३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
महिला संघको सहसंयोजकमा मुना माझी, सचिव विन्दु माझी र कोषाध्यक्ष महिनामाया भोलन रहेका चयन भएका छन् । समितिका सदस्यहरुमा रमिला घले, रचना भोलन, सुनिता विक, हरिमाया मुक्तान, शान्ति थिङ र धनलक्ष्मी बल सर्वसम्मत चयन भएका छन् । नेपाल महिला संघको संयोजकमा गोपिनी तिमल्सिना चयन भएकी छिन् ।
त्यस्तै, तरुण दल ५ नम्बर वडा अध्यक्षमा कृष्ण लामा रहने गरी ९ सदस्यीय कार्यसमिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा सन्तबहादुर स्याङतान (क), सचिवमा किरण मुक्तान र कोषाध्यक्षमा सन्तबहादुर स्याङतान (ख) चयन भएका छन् । सदस्यहरुमा अनिष घलान, सुमन गोले, सूर्यबहादुर घिसिङ, पासाङ तामाङ र कमानसिं माझी चयन भएका छन् ।