हेटौडा उपमहानगरपालिकाबिरुद्ध स्थानीयले गाडे, हुप्रचौरमा कालो झन्डा

तामसालिङ खबर
१४ बैशाख २०७६, शनिबार १५:०८

हेटौडा – हेटौडा उपमहानगरपालिकाले हुप्रचौरमा स्थानीयको चाहना बिपरित व्यवसायिक सटर सहितको प्याराफिट निर्माण गर्न लागेको भन्दै हुप्रचौर सरोकार समितिको अगुवाईमा तथा स्थानियको संलग्नतामा बिहिबार बिहान झण्डा गाडिएको हो ।

हुप्रचौरमा व्यवसायिक सटर सहितको प्याराफिट निर्माण गर्दा चौरको फैलावटमा कमी आउने र चौर हराभरा नहुने भन्दै स्थानिय, राजनीतिक दल, तथा हुप्रचौर सरोकार समिति लगाएतले पटक–पटक उपमहानगरपालिकासमक्ष यसो नगर्न सुझाएपनि उपमहानगरपालिकाले सोही कामको लागि बोलपत्र आह्वान गरेकोप्रति स्थानियले विरोध गरेका हुन् । हुप्रचौर सरोकार समितिका अनुसार चौरभित्रका अव्यवस्थीत तरिकाले बनाईएका संरचनाहरु पनि हटाई सरसफाई गरिएको छ ।

बिहिबार विहान हुप्रचौरमा भएको बिशेष कार्यक्रममा सरोकार समितिका अध्यक्ष दिपक खड्का, राजनीति दलका प्रतिनिधि सिताराम बर्तौला र हरिप्रसाद पौडेल, नागरिक अगुवा राजन मैनाली, नगर समन्वय समितिका प्रतिनिधि ज्ञानेन्द्र देबकोटा, टोल बिकास सँस्थाहरूको तर्फबाट सिर्जना पौडेल, बुद्धिजिवि विशाल बिडारी, जिल्ला फुटबल संघका सदस्य लवराज ठकुरी लगायतले हुप्रचौरलाई खुल्ला मैदानको अबधारणामा राखि जस्तोसुकै भाैतिक निर्माण गरेमा बिरोधमा उत्रनु पर्ने बताए ।

त्यस्तै, अब देखि स्थानीयको समुहले प्रत्येक महिनाको अन्तिम शनिबार बिहान ६ : ३० बजे उपस्थित भई सबै स्थानियहरू मिली हुप्रचौरको सरसफाई गर्ने निर्णय समेत गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*