काँग्रेस नेता ताम्राकारको निधन
काठमाडौं – पूर्वमन्त्री रामकृष्ण ताम्राकारको मंगलवार निधन भएको छ । नेपाली काँग्रेसका पूर्वकोषाध्यक्ष समेत रहेका ताम्राकारको उपचारको क्रममा मंगलवार दिउँसो निधन भएको हो ।
पूर्व स्वास्थ्य र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री समेत रहेका नेता ताम्राकारले पार्टीको ११ औँ महाधिवेशनपछि कोषाध्यक्षको भूमिका निर्वाह गरेका थिए । भैरहवा सिद्धार्थनगर निवासी ताम्राकार काठमाडौँमा बस्दै आएका थिए ।