बेलायतमा छायांकन गरिएको ‘एटिन’ नेपालमा प्रदर्शन
काठमाडौं – बेलायत मै सम्पूर्ण छायांकन गरिएको नेपाली कथानक चलचित्र ‘एटिन’ को नेपालमा पहिलो प्रदर्शन गरिएको छ । लामो समय देखि बेलायतमा रहदै आएका नेपालीहरुको कथामा आधारित ‘एटीन’को विशेष प्रदर्शनी काठमाडौको सिटि म्याक्समा बिशेष प्रदर्शन गरिएको छ ।
नेपालबाट बेलायत पुगेर सेटल भएको पहिलो पुस्ता र बेलायतमै जन्मिएर हुर्किएको दोस्रो पुस्ता बीच ‘जेनेरेशन ग्याप’, मनोबिज्ञान र त्यसबीच उब्जने उतारचढाव र सामाजिक सन्देशलाई उठान गर्न खोजिएको छ ।
सन्तानको लागि आफ्नो काममा व्यस्त आमाबुबा र छोराछोरीको बीचमा हुने सामाजिक सम्बाद नहुँदा उनीहरुमा आएको समस्याको विषयमा देखाइएको छ । प्रेमिश भिजन युकेको व्यानरमा बनेको उक्त चलचित्रको लेखन र निर्देशन प्रेम घिसिङ तामाङले गरेका हुन् । लामाको निर्देशनमा बनेको यो चौथो चलचित्र रहेको छ ।
पेमा डोल्कार र तारादेवी लामाले निर्माण गरेको चलचित्रमा प्रसुना कंडेल, राजदिप राई, अम्बिका राई, सनम कुमार बैराग, रितेश चाम्स लगायत बेलायती कलाकार क्रिश एपलटन, राजा मिया, स्टेफनी सान्चेज, मिली एन्डरसनको पनि सशक्त अभिनय रहेको छ । चलचित्रमा चन्द्रकुमार दोङको संगीतमा रहेको गीतमा गायिका निर्मला घिसिङ र ताराप्रकाश लिम्बुले स्वर रहेको छ ।
चलचित्र हेर्न हलमा पुगेका दर्शकलाई रुहाउन सफल भएको उक्त चलचित्र निकै नै मार्मिक भएको दर्शकहरुले बताए । गत फेबु्रअरी २४ मा लण्डनको ह्यारो सफारी सिनेमा हलमा प्रिमियर सो गरिएको थियो ।
ट्रेलर हेर्नुस: