तिन नम्बर प्रदेशको हिउदे अधिबेशन सकियो, अझै टुंगिएन राजधानी र नामकरण
हेटौंडा – तिन नम्बर प्रदेशको हिउँदे अधिबेशन आज बैशाख १० गतेबाट सकिदै छ । गत चैत्र १७ गते सुरु गरिएको हिउँदे अधिवेशन अन्तत प्रदेश सभाको बिना घोषण मन्त्रिपरिषद्को निर्णयबाट अन्त्यको लागि प्रदेश प्रमुखलाई पत्राचार गरेको हो ।
प्रदेश ३ सरकारले प्रदेशको स्थायी राजधानी र नामकरण टुंगो नै नगरी वैशाख १० गतेको राति १२ बजेबाट प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य हुँदै छ । हिउँदे अधिवेशनमै प्रदेशको स्थायी राजधानी र नामाकरण टुंग्याउने घोषणा गरेको प्रदेश सरकार विपक्षी दलहरुसँगको सम्झौताबाट पछाडि हट्दै सोमबार सदन छलेर हिउँदे अधिवेशन अन्त्यको घोषणा गर्न सिफारिस गरिएको स्रोतले जनाएको छ ।
वैशाख ३० गतेबाट वर्षे अधिवेशन सुरु भएको घोषणा गर्ने गरी प्रदेश प्रमुख कोइरालालाई बैठकले आग्रह गरेको बुझिएको छ । तिन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आगामी आर्थिक वर्षका लागि वर्षे अधिवेशन छिट्टो डाक्न, नीति तथा कार्यक्रम, पूर्वबजेट तथा नयाँ बजेट निर्माणका लागि छलफल अगाडि बढाउनु पर्ने भएका कारण तत्काल हिउँदे अविधेशन अन्त्य भएको घोषणा मन्त्रिपरिषद्को बैठकमा गरिएको स्रोतले जनाएको छ ।
राजधानी र नामकरण नटुङ्गिए प्रदेशसभाको बैठक अबरुद्ध गर्ने
यता, हिउँदे अधिवेशन अवधिभरमै प्रदेशको स्थायी राजधानी र नामाकरण टुङ्ग्याउने सहमतिविपरित प्रदेश सरकारले हिउँदे अधिवेशन अन्त्य गरेको प्रति प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस रुष्ट भएको छ ।
अब राजधानी र नामाकरणको विषय नटुङ्गिएसम्म प्रदेशसभाको बैठक नै चल्न नदिने प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले चेतावनी दिए ।
अब प्रदेशको राजधानी र नामाकरण नटुङ्गिएसम्म हामी प्रदेशको बजेट अधिवेशन नै रोक्छौं, बजेट ल्याउनै दिँदैनौं ।’नेता बानियाँले भने ,