मनहरीमा भर्ना अभियान शुरु, मन्त्री दुलालले ४ जना बालबालिकाको अभिभाबकत्व ग्रहण गरे
हेटौडा (मनहरी) – मकवानपुरको पश्चिमी क्षेत्र मनहरीमा विद्यार्थी भर्ना अभियान शुरु भएको छ । भर्ना अभियानको अवसरमा तिन नम्बर प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले ४ जना चेपाङ तथा दलित बालबालिकाको अभिभाबकत्व ग्रहण गरेका छन ।
मन्त्री दुलालले मनहरी ७ मा रहेको राष्ट्रिया रोटरी माविमा कक्षा १ मा अनुषा प्रजा, राशिका प्रजा, इशारा प्रजा र मनहरी ८ मा रहेको महेन्द्र किरण माविमा निश्चल सुनारलाई कक्षा १ मा भर्ना गराउदै अभिभकत्व ग्रहण गरेका हुन ।
अभियानको क्रममा बोल्दै मन्त्रि दुलालले रजिष्टरमा नाम लेखाएर मात्र अभियान सार्थक नहुने भन्दै दैनिक रुपमा विद्यालयमा हाजिरी हुन आएमा मात्र अभियानले सार्थक पाउने बताए । विद्यार्थी भर्ना अभियान आफैमा राम्रो भए पनि केही स्थानमा फेसनको रुपमा अभियान सञ्चालन हुदा केही बिद्यार्थिहरुमा असर पुगेको बताए ।
भर्ना अभियानको क्रममा विद्यार्थीहरुलाई केही ब्यक्तिहरुले जिम्मा लिए पनि केही समय पछि जिम्मा लिने ब्यक्तिहरुले वास्त नगर्दा उक्त बिद्यार्थिहरुको अवस्था झन नाजुक हुने गरेको समेत बताए ।
मन्त्री दुलालले मनहरीका सबै विद्यालयमा जाने उमेर समुहका बालबालिकालाई बिद्यालयमा भर्ना गराउन सम्पुर्ण अभिभावकहरुलाई आग्रह गरे । उनले अभियान सफल पार्नको लागि प्रदेश सरकारबाट सधै सहयोग रहने समेत बताए ।
त्यस्तै, कार्यक्रममा बोल्दै मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले माध्यमकि तह सम्मको शिक्षा राज्यले निशुल्क सञ्चालन गर्ने भने पनि त्यो पुर्ण रुपमा लागु हुन नसकेको बताए ।
आर्थिक रुपमा कमजोर विपन्न वर्गहरुलाई विद्यालयमा भर्ना गरेर सहयोग गर्न समेत आग्रह गरे । कार्यक्रममा तिन नम्बर प्रदेशका समाजिक बिकास मन्त्री युवराज दुलाल ,प्रदेश सांसद ओम घलान , मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती लगायतको सहभागिता रहेका थिए । कार्यक्रममा स्थानीय जनप्रतिनिधी, अभिभावक विद्यार्थी लगायत विभिन्न सघसस्थामा आवद्ध ब्यक्तिहरुको उपस्थीती रहेका थिए ।