मनहरीमा नेकपा सम्बद्ध युवाहरुको भेला हुँदै
हेटौडा (मनहरी) – मनहरीमा नेपाल कम्युनिष्ट पार्टी निकट भातृ युवा संगठनहरु युवा संघ नेपाल र वाइसीएल सम्बद्ध युवाहरुको मनहरी गाउँपालिका स्तरीय भेला हुने भएको छ । मनहरीको रजैयामा बसेको युवा संघ नेपाल र वाइसीएलका नेतृत्वको बैठकले आगामी बैशाख १४ गते शनिबार संयुक्त भेला गर्ने निर्णय गरेको हो ।
९ वटै वडाका युवा संघ नेपाल र वाइसीएलमा आबद्ध युवाहरुसँग आगामी दिनमा सांगठनिक कामहरुमा लाग्नेगरी योजना बनाएर अघि बढ्ने कार्ययोजना सहित अन्तरक्रिया संगै प्रशिक्षण कार्यक्रम रहेको युवा संघ मनहरी गाउँपालिका अध्यक्ष सगुन स्याङ्तानले बताए ।
बैठकमा नेकपा मनहरी गाउँपालिका संयोजक राजाराम स्याङ्तान, रामप्रसाद कालाखेती, युवा संघका जिल्ला सचिव लक्ष्मण उप्रेती, सचिवालय सदस्य कृष्ण लामिछाने, वाइसीएल जिल्ला सदस्य गोविन्द ग्लान गोपी, दीपेन्द्र अधिकारी लगायतको सहभागिता रहेको थियो ।