मकवानपुरे पत्रकारले प्रशासनमा धर्ना दिने

तामसालिङ खबर
५ बैशाख २०७६, बिहीबार ०९:२८

हेटौंडा – नेपाल पत्रकार महासंघ मकवानपुरले आज बिहान जिल्ला प्रशासन कार्यालय मकवानपुरमा धर्ना दिने भएको छ । पत्रकार महासंघको संघिय सर्कुलर अनुसार देशभरीका जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने कार्यक्रम अनुसार मकवानपुरमा पनि एक घण्टा धर्ना दिने भएको हो ।

विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटकपटक पक्राउ गर्ने क्रम बढेकोले उक्त दफाको खारेजीको माग राख्दै धर्ना दिन लागिएको महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईंले बताउनुभयो । नेपाल पत्रकार महासंघले देशभर आन्दोलन गर्ने बुधबारको निर्णय गरेसंगै देशैभरीका पत्रकार आन्दोलनमा उत्रिएका हुन् ।

पत्रकारलाई विद्युतीय कारोबार ऐन उक्त दर्फा अन्तर्गत पटकपट पक्राउ गरी निर्वाध प्रेस स्वतन्त्रता उपभोगमा अवरोध खडा गर्दै प्रेस स्वतन्त्रतालाई निस्तेज बनाउने काम बढेपछि महासंघ आन्दोलन गर्न बाध्य भएको बताएको छ ।

विद्युतीय कारोबार ऐनको दर्फा ४७ र ४८ को खारेजी एवं पत्रकार अर्जुन गिरीसहित पक्राउ गरिएका पत्रकारको बिनाशर्त रिहाईको माग गर्दै पत्रकारहरु आन्दोलीत भएका हुन् । विहान ९ः३० देखि १०ः३० बजेसम्म जिल्ला प्रशासनको अगाडी १ घण्टा धर्ना बस्ने भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*