बिचौलियाको अन्त्य गर्ने उदेश्यले मित्रसेवा कृषि फर्म संचालनमा
हेटौंडा (मनहरी) – कृषिजन्य तरकारीमा बषौदेखि हुदै आएको बिचौलिया प्रथाको अन्त्य गर्ने उदेश्यले स्थापित मित्रसेवा कृषी फर्म बुधबार उद्घाटन भए संगै औपचारिक रुपमा संचालनमा आएको छ ।
बिचौलियाहरुको मारमा परेको किसानहरुका लागि किसानले खेतीका लागि अवश्यक सामाग्री उचित मूल्यमा खरिद र किसानले उत्पादन गरेको कृषि उपजहरुलाई उचित मूल्यमा बिक्रि सजिलो बनाउनु फर्मको स्थापना गरिएको फर्मका प्रबन्धक हरिशरण जिम्बाले बताए ।
जिम्बाका अनुसार मित्रसेवा बिशेषगरि आफ्नो कृषि उपजको उत्पादन बढाउन तथा बजारिकरण गर्न चाहने किसानलाई सहयोग गर्ने उदेश्यका साथ स्थापना गरिएको र किसानले उत्पादन गरेका कृषि उपजलाई प्रति केजी न्युनतम र अधिकतम मुल्य तोकर आफुहरुले किसानले उत्पादन गरेका कृषि उपजहरु लिने गरी सम्झौता गरिने बताउनु भयो ।
किसानलाई आयआर्जनमा लाग्न प्रेरित गरी आयस्तर बृद्धि गर्ने उदेश्यले यो काम थालनी गरिएको बताउँदै उहाँले किसानहरुको सहजताका लागि कृषि पाठशाला गठन गरिने, तालिम प्राप्त कृषि प्राविधिकहरुको टोलीले निरन्तर अनुगमन गर्ने तथा किसानलाई तालिम उपलब्ध गराइने जानकारी दिनुभयो ।
मनहरी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष शिव प्रसाद खनालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा फर्मका प्रबन्धक हरिशरण जिम्बाको सभाध्यक्षतमा भएको थियो ।
कार्यक्रममा कृषि प्राबिधिक, संघ संस्थाका प्रतिनिधी र किसानहरुको सहभागीत रहेको संचारकर्मी दीपकसिं रुम्बाले बताउनु भयो । वैशाख ४ गते बुधबारबाट सुरु यो योजना मकवानपुरका सबै स्थानमा संचालन गरिने बताएको छ ।