तामाङ चलचित्र तिल्दाको शुभमुर्हुर्त
काठमाडौ – तामाङ चलचित्रको तिल्दा ‘किन’ को शुभमुहुर्त भएको छ । सेवा फिल्मसको ब्यानरमा मेरिना जिम्बाको प्रस्तुती रहेको चलचित्र बैशाखको अन्त्य देखि छायांकनमा जाने निर्माण युनिटले जनाएको छ ।
बाबु जिम्बाको निर्देशनमा रहेको उक्त चलचित्र लाइ विर बहादुर तामाङ, विज बहादुर तामाङ र पञ्चमाया तामाङले संयुक्त रुपमा निर्माण गर्ने भएको छ ।
बाबु जिम्बाको कथा र निर्देशन रहने चलचित्रमा संवाद पनि कमल रुम्बाले तयार पारेका छन् । शुभमुहर्त कार्यक्रममा प्रमुख अतिथि समेत रहेको नेपाल तामाङ घेदुङका महासचिव बाबू घिसिङले औपचारिक रुपमा उद्धघाटन गर्नु भएको थियो ।
त्यस्तै नेपाली चलचित्रका द्वन्द निर्देशक योगेन्द्र श्रेष्ठ, नेपाल तामाङ साँस्कृतिक घेदुङका अध्यक्ष प्रेम लो, महासचिव छेवाङ तेन्जिङ लामा, गीतकार दिनेश सुबेदी र सन्तोष तामाङ, मोडल अभिषेक गुरूङ लगायतका कलाकारहरूको सहभागी रहेको थियो ।