मकवानपुरमा एकै रातमा ३ जनाको मृत्यू
मकवानपर, २ बैशाख । मकवानपुरमा आइतबार राति भएको ३ वटा सवारी दुर्घटनामा ३ जनाको मुत्यु भएको छ । त्यस्तै १२ जना घाइते भएका छन् । पुर्व पश्चिम राजमार्ग अन्र्तगत मनहरी गाउँपालिका ७ मा पोखराबाट विरगंजतर्फ जाँदै गरेको ग १ ख ७६२६ नम्बरको बसले पैदलयात्री अन्दाजी ६५ बर्षीय एक बृद्धलाई ठक्कर दिंदा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
त्यस्तै, पुर्वपश्चिम राजमार्ग अन्तरगत मनहरी गाउँपालिकाको खरङ्गामा मनहरीबाट हेटौंडा तर्फ आउँदै गरेको ना १ ज ४८६७ नम्बरको सुमो र को ३४ प ५४९७ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक मोरङका ३१ बर्षीय रविन्द्र कुमार पोदारको घटनास्थलमै मृत्यु भएको छ । सुमोमा सवार ११ जना र मोटरसाइकलमा सवार १ जना गरी १२ जना घाइते भएका छन् । घाइतेमध्ये ९ जनाको हेटौँडास्थित चुरेहिल अस्पताल र ३ जनाको चितवन भरतपुरमा उपचार भईरहेको छ ।
त्यस्तै कान्तिलोकपथ अन्र्तगत मकवानपुरगढी गाउँपालिकाको शिखरकटेरीमा रोकिराखेको ना ८ ख ४३२६ नम्बरको टिपरसंग ना ३२ प १८४९ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक गढी गाउँपालिका धरमपानीका अन्दाजी बर्ष ३५ को गोविन्द बोम्जनको मुत्यु भएको छ । उनको उपचारका क्रममा चितवनमा मृत्यु भएको हो । तीन वटै दुर्घटनाका ठक्कर दिने सवारी र चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।