थाहा कलाकेन्द्रको कार्यक्रम घोषणा
थाहा नगर, १ बैशाख । थाहा कला केन्द्रले नयाँ अभियान घोषणा तथा वार्षिक कार्ययोजना तालिका आज नयाँ वर्ष २०७६ को अवसर पारि सार्वजनिक गरेको छ । गत २०७२ जेष्ठ नौ गते औपचारिक रुपमा कला तथा सांस्कृतिक जगतमा आफ्ना विभिन्न अभियानहरु चाल्दै आएको थाहा कला केन्द्रले स्थापना भएको पाँचौ वर्षमा फरक तरिकाले फरक अभियान घोषणा गरेको छ । कला केन्द्रले आज रेडियो आवाजको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरि नयाँ अभियान घोषणा तथा वार्षिक कार्ययोजना तालिका सार्वजनिक गरेको हो ।
वार्षिक कार्यक्रममा क्रमश ७ वटा सामाजिक तथा सांस्कृतिक कार्यक्रम रहेको छ । जसमा आउँदो वैशाख १६ मा विश्व नृत्य दिवसको अवसर पारी अन्तर कला केन्द्र स्तरीय सामुहिक नृत्य प्रतियोगिता, पाँचौ वार्षिक उत्सव जेष्ठ नौ गतेको दिन आफ्ना सम्पूर्ण सदस्यहरु विच भेटघाट तथा प्रतिभा प्रस्तुत कार्यक्रम, भाद्र १६ गते मनोरन्जनात्मक सांस्कृतिक कार्यक्रम, भाद्र २९ गते विश्व बालदिवसको दिन बालश्रम विषयक अन्तक्र्रिया कार्यक्रम, असोज २० गते बृहत सांस्कृतिक कार्यक्रम, फाल्गुन २ गते सदस्य सदस्य विच प्रेम साटासाट कार्यक्रम तथा चैत्र महिना २०७६ मा साहित्यिक वाचन तथा सम्मान कार्यक्रम रहेको छ ।
भने नयाँ अभियान मा यस पटक उत्तरी मकवानपुर थाहा नगरपालिका वडा नं १ का उत्कृष्ट तथा फरक क्षमता भएका गायक तथा चित्रकार आमिर भोम्जन परिचयात्मक अभियान २०७६ रहेको जानकारी गराईएको छ । सो अभियानमा, आफ्ना विभिन्न प्रतिभाले अब्बल ठहरिँदै आएको आफ्ना दैनिकी सबै मुखैको सहायताले सञ्चालन गर्न सक्ने आमिर भोम्जनलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमै चिनारीको माध्यमहरु पहिल्याउँदै विभिन्न खाले कार्यक्रम सहित परिचय गराउने विषय समेटिएको थाहा कला केन्द्रका अध्यक्ष सानोबाबु मुक्तानले बताउनु भयो । त्यस संगै सोहि अभियानमा विद्यार्थीहरुले नियमित प्रयोग गर्ने अभ्यास पुस्तिका–कपिमा आमिर भोम्जनका प्रेरणा दायक तस्विरहरु समाविष्ट गरि प्रकाशन गर्ने र त्यसलाई सामाजिकिकरण गर्दै सम्पूर्ण विद्यार्थीहरुको हात हातमा पु¥याउने लक्ष्य समेत सोही अभियानमा समाहित रहेको जानकारी गराईएको र वर्षको एक पटक आमिर भोम्जन साँझ कार्यक्रम पनि यसै अभियानमा समावेश गरिएको छ ।
कार्यक्रममा पालुङ जेसिजका अध्यक्ष कुमार नेगी, नेपाल रेडक्रस सोसाईटि दामनका सभापति राजकुमार केसी, गायक तथा रचनाकार विवेक पाख्रिन, गायक मुक्तिनाथ उप्रेती, साहित्यकार राम बर्तौला आँसु, विर्खे अन्जान, हेटौडा आईडल दिपक कालिराज, दामन एफ एम का मुकेश गोले ,मनोज तितुङ तथा थाहा कला केन्द्रलाई वर्ष भरिनै साथ दिने भनि घोषणा गरेको सुनौलो विहानी युवा क्लवका अध्यक्ष शर्मिला स्याङ्तान तथा अभियानका मुख्य पात्र आमिर भोम्जनको उपस्थिति रहेको थियो । कार्यक्रमको विचमा नाङ्साल मिडिया प्रालि द्धारा सञ्चालित उत्तरी मकवानपुरमा हाल लोकप्रियता जमाउँदै आएको इसरोकार टिभि युट्युब च्यानलको सफलताको खुशियालीमा केक काटिएको छ ।