हेटौँडामा शिक्षकहरुको सहयोग

तामसालिङ खबर
२९ चैत्र २०७५, शुक्रबार २१:०६

हेटौँडा, २९ चैत । मकवानपुरको हेटौँडा २ चौकी टोलमा रहेको ओम वृद्धाश्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरले सहयोग गरेको छ । ४० औं शिक्षक दिवसको अवसरमा वृद्धाश्रमलाई खाद्यान्न तथा फलफूल वितरण गरिएको हो । संगठनले आश्रमलाई करिब ५ हजार ५ सय ५५ रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेको जनाईएको छ ।

बृद्धा र असहाय व्यक्तिहरुलाई सहयोग गर्ने उदेश्यले वृद्धाश्रममा आश्रय लिई रहेको बृद्धाहरुलाई खाद्यान्न तथा फलफूल वितरण गरेको संगठनले जनाएको छ । उक्त कार्यक्रमको अवसर पारेर संगठनले तयार पारेको २०७६ सालको वार्षिक क्यालेण्डर समेत लोकार्पण गरिएको छ । संगठन मकवानपुर अध्यक्ष श्रीराम दाहालको सभाध्यक्षतामा भएको कार्यक्रममा संगठन ३ नं प्रदेश सचिवालय सदस्य मोहन शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*