सेनालाई हराउदै, भलिबल खेलमा पुलिसले उचाल्यो उपाधि

तामसालिङ खबर
२८ चैत्र २०७५, बिहीबार १७:१४

चितवन – रत्ननगर बैरियामा आयोजित प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको    छ । बिहीबार भएको फाइनल खेलमा पुलिसले नेपाली सेनाका भलिबल टोलीलाई १-३ को सेटमा पराजित गर्दै विजयी भएको हो ।

विजयी टिमले तीन लाख रुपैयाँ र उपविजेताले डेढ लाख रुपैयाँ सहित ट्रफी र मेडल प्राप्त गरे । पञ्चरत्न युवा क्लबले आयोजनामा गरेको उक्त प्रतियोगितामा भारत तमिलनाडुको साउदर्न रेल्बे, बंगलादेशको टिटास क्लब सहित सात भलिबल टिमले प्रतिस्पर्धा गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*