सावित्रा र अनिताले भारतीय लिग खेल्ने

तामसालिङ खबर
२८ चैत्र २०७५, बिहीबार १२:०४

काठमाडौं । राष्ट्रिय महिला फुटबल टिमका सावित्रा भण्डारी र अनिता बस्नेतले भारतीय चर्चित हिरो इन्डियन महिला लिग खेल्ने पक्का भएको छ । पछिल्लो समय राष्ट्रिय फुटबल टिमबाट प्रभावशाली प्रदर्शन गर्दै आएका दुई खेलाडीले भारतको शीर्ष डिभिजनको महिला लिग खेल्ने भएको हो ।

पहिलो पटक नेपालका महिला खेलाडीले भारतीय लिगमा औपचारिक रुपमा अनुबन्धित हुन लागेका हुन् । नेपाली महिला टिमका मुख्य प्रशिक्षक हरि खड्काले अनिता र सावित्राले भारतीय लिग खेल्ने पक्का भएको बताए ।यस्तै प्रशिक्षक खड्काको अनुसार राना र रेनुका नगरकोटीको बारेमा समेत छलफल भईरहेको बताए ।

नेपालमा सम्पन्न महिला साफ च्याम्पियनसिपमा दुवै खेलाडीले उत्कृष्ट प्रर्दशन गरेका थिए । दुवैको प्रेरणादायी प्रर्दशनमा नेपालले साफको फाईनल यात्रा तय गरेको थियो । दुवै खेलाडी अहिले म्यानमारमा जारी ओलम्पिक छनोटको दोस्रो चरणको खेलमा सहभागि छन् ।

भारतीय फुटबल महासंघले सन् २०१६ बाट इन्डियन महिला लिग आयोजना गर्दै आएको छ । यस अघिका संस्करणमा राईजिङ स्टुडेन्ट क्लब र एस्ट्रन स्पोर्टिङ युनियनले जितेका थिए । यस अघि अनिता र सावित्राले माल्दिभ्सको फुटसल लिग खेलेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*