तेस्राे तामाङ चलचित्र महाेत्सवकाे तयारी पुरा, महोत्सबमा ५ चलचित्र भिड्दै
काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिकाको भकुण्डेबेसीमा हुने तेस्रो तामाङ चलचित्र महोत्सबको तयारी पुरा भएको छ । ‘हाम्रो कला हाम्रो पन, तामाङ चलचित्र हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ तामाङ चलचित्र संघ नेपालकाे आयाेजनामा चैत २९ गते शुक्रबार देखि बैशाख १ गते सम्म हुने चलचित्र महाेत्सवकाे तयारी पुरा भएको छ ।
तेस्रो तामाङ महोत्सवमा २०७० सालपछि निर्माण भएका ५ वटा तामाङ भाषाका चलचित्रहरु प्रदर्शन गरिने भएको छ । महोत्सवको बारेमा ठाउँ – ठाउँमा पोष्टर संगै माईकिङ मार्फत प्रचारप्रसार समेत गरिएको छ । महाेत्सवलाई बृहत रूपमा सफल बनाउनका लागि व्यापक प्रचार-प्रसार संगै शुक्रबार देखि महोत्सब हुने भएको छ ।
महोत्सबको पहिलो दिन दिउसो १२ः३० बजे देखि हुत्त सञ्जय लामाको ‘सेमरीन मुला माया’ र सोही दिन अजय स्याङ्तानको निर्देशनमा रहेको ‘आप्लेङला नाम्सा’ अपराहन्न दिउँसो ३ बजे प्रदर्शन हुनेछ । ति दुइ चलचित्र प्रदर्शन गरिसकेपछि सोहि दिन साझ तामाङ चलचित्रको विकास र बजार बिस्तारको सन्दर्भमा रोशी गाउपालिकाको प्रमुख एबम चलचित्र निर्देशक डीबी लामाको प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम हुने तामाङ चलचित्र संघको अध्यक्ष बिकु थोकरले बताउनुभयो ।
तिन दिने महोत्सबको औपचारिक उद्घाटन भने चैत ३० गते शनिबार बिहान भेषभुषा, आ-आफ्नो ब्यानर सहित बजार परिक्रमा गरि संचार तथा सूचना प्रबिधि मन्त्री गाेकुल प्रसाद बाँस्काेटाकाे प्रमुख आतिथ्यतामा महोत्सबको औपचारिक उद्घाटन हुने बताएको छ । सोहि दिन बिहान ९ बजे रोशन फ्युवाद्वारा निर्देशित तामाङ चलचित्र ‘श्होङ’ प्रदर्शन संगै बिहान ११ बजेदेखि बाबु थिङ्द्वारा निर्देशित चलचित्र ‘रुङसी टिला’ प्रदर्शन गरिने बताएको छ ।
प्रदर्शन गरिने ५ चलचित्रमध्ये उत्कृष्ट एक चलचित्रलाई नगद सहित सम्मान गरिने बताइएको छ । तामाङ चलचित्रका विभिन्न विधाहरुमा विशेष योगदान दिएका व्यक्तीहरुलाई समेत महोत्सवमा सम्मान गरिने जनाएको छ ।
त्यस्तै, बैशाख १ गते राजकुमार मोक्तान द्वारा निर्देशित चलचित्र ‘सेर्कु’ बिहान १० बजे प्रदर्शन गरिने भएको छ । महोत्सबमा चलचित्र विकास बोर्डले सह-आयोजकका रुपमा रहेको छ । ख्याती प्राप्त गायक गायिकाहरुको प्रस्तुति समेत रहेको महोत्सबमा झाँकी, बोन्बो, लामा र ताम्बाहरुको पनि विशेष प्रस्तुति रहने बताइएको छ ।
महोत्सवमा तामाङ मौलिक खाना, तामाङ गोईलो, डम्फु र बुद्धचित्त मालाहरुको स्टल समेत रहने संघका महासचिब जयनकुमार मोक्तानले बताए । महोत्सबको समापान कार्यक्रम भने समाजसेबी एबम पूर्वसंसद तिर्थ लामाको प्रमुख आतिथ्यतामा हुने भएको छ ।