राजर्षि जनककप सोमबारबाट सुरु, पहिलो खेलमा आयोजक बागमती युवा क्लब ३-१ ले विजयी

राजु तामाङ
२७ चैत्र २०७५, बुधबार ११:४२

सर्लाही – प्रदेश नं. २ कै ठुलो धनराशी भएको राजर्षि जनक कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण सोमबारबाट सुरु भएको छ । प्रदेश नम्बर २ को शान राजा जनक प्रतिको सम्मान भन्ने मुल नाराका साथ सोमबारबाट सुरु भएको प्रतियोगिता बैशाख ६ गते सम्म बागमती नगरपालिका ११ नम्बर स्थित स्व: सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा तेस्रो संस्करणको खेल सुरु भएको हो।

उद्घाटन खेलमा आयोजक बागमती युवा क्लब र सरस्वती युवा क्लब बीच खेल भएको थियो । पहिलो हाफमा गोल रहित बराबरीमा टुङ्गे पनि दोस्रो हाफको ११ औं मिनेटमा आयोजक टिमका जर्सी नं. १० का आर्जन गुरुङले प्रहार गरेको बलले जाली चुम्न सफल भए । खेलको १९ औं मिनेटमा सरस्वतीका खेलाडीलाई फल गर्न पुगेपछि पाएको फ्रि किकको अवसरलाई जर्सी नं. १० का तिर्थ बस्नेतले गोलमा परिणत गर्दै खेललाई बराबरीमा पुय्राए।

हाफपछि खेललाई सुधारिएर खेलेका आयोजक टिमले ३६ औं मिनेटमा आर्जन गुरुङले क्रस गरेको बललाई सरस्वतीका खेलाडीले डिबक्स भित्र हेन्ड गर्न पुगेपछि पेनाल्टी पाएको थियो। सोही पेनाल्टी पाएको राम्रो अबसरलाई जर्सी नं. १३ का बिमल घिसिङले सहजै गोल गर्दै आफ्नो टिमलाई २-१ को अग्रता दिलाए।

त्यसको लगत्तै सेन्टरबाट बल चालु भएपछि बिमलले नै बल खोस्दै ३७ औं मिनेटमा डिफेन्स र किपरलाई छलाउदै सुन्दर गोल गर्दै अग्रतालाई दोब्बर बनाइन। र सहजै बागमती युवा क्लबले ३-१ गोलले विजय प्राप्त गरे । यो जित सँगै आयोजक निलो टिम अर्को चरणमा प्रवेश गरे सँगै २७ गते विजेता टिमले रुस्लान थ्री स्टारसँग खेल्नेछ भने सरस्वती युवा क्लब पहिलो खेल गुमाए पछि प्रतियोगिताबाट बाहिरिएको छ ।

खेलको म्यान अफ दि म्याच बागमती युवा क्लबका खेलाडी जर्सी नं. १३ का बिमल घिसिङ घोषित भए र म्यान अफ दि म्याचको पुरस्कार बागमती नगरपालिकाकी उप मेयर लिला कुमारी मोक्तानले प्रदान गरेका थिए । बागमती युवा क्लबलाई प्रोत्साहन स्वरूप बागमती नगरपालिकाका मेयर भरत कुमार थापाले ५० हजार नगद सहित बधाई तथा शुभकामना दिएका थिए ।

बैशाख ६ सम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले नगद १० लाख सहित ट्रफी र उपविजेताले नगद ५ लाख सहित शिल्ड मेडल प्रमाणपत्र प्राप्त गर्नेछन । क्लबका अध्यक्ष किस्मत मैनालीको अध्यक्षमा प्रदेश नं. २ का नेकपाका अध्यक्ष प्रभु साह को प्रमुख आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*