यु-१६ क्रिकेटमा तिन नम्बर प्रदेश च्याम्पियन

तामसालिङ खबर
२५ चैत्र २०७५, सोमबार २२:३०

काठमाडौं– तिन नम्बर प्रदेशले यु – १६ क्रिकेट लिगको उपाधि उचालेको छ । त्रिवि क्रिकेट मैदानमा सोमबार भएको फाइनलमा प्रदेश नम्बर ५ लाई ३३ रनले पराजित गर्दै तिन नम्बर प्रदेश च्याम्पियन बनेको हो ।

टस जितेर पहिलो ब्याटिङ गरेको प्रदेश ३ का लागि अभिषेक उपाध्यायको अर्धशतकमा ३० ओभर खेल्दै ५ विकेट गुमाएर १ सय ६२ रन बनाएपछि प्रदेश ५ ले १६३ रनको लक्ष्य पाएको थियो । प्रदेश ३ ले दिएको लक्ष्य पछ्याएको प्रदेश ५ ले ३० ओभर खेल्दै ८ विकेट गुमाएर १ सय ३९ रन मात्र बनाउन सक्यो ।

च्याम्पियन भएको तिन नम्बर प्रदेशका खेलाडीहरुले १ लाख ५० हजार बराबरको क्रिकेट किट हात पारेका छन् भने उपबिजेता प्रदेश ५ ले ७५ हजार बराबरको क्रिकेट किट हात पारेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी प्रदेश ५ का बिशाल बिक्रम केसी भए भने उत्कृष्ट ब्याट्सम्यान प्रदेश ३ का आइस भट्टराई र उत्कृष्ट बलर प्रदेश ५ का रमेश कुर्मी घोषित भए । प्रदेश ४ का अर्जुन कुमालले इमर्जिङ्ग प्लेयरको उपाधि हात पारे ।

प्रदेश ५ का लागि विशालले ४६ बलमा ६ चौका प्रहार गर्दै ४४ रन बनाए भने अमरले २९ रन बनाउँदै दुई चौका र एक छक्का प्रहार गरे । प्रदेश ३ का लागि विबेक दराई र दीपक बोहोराले दुई–दुई विकेट लिए । यस्तै सकृय कार्की र तिलक भण्डारीले पनि एक–एक विकेट लिए ।

पहिलो ब्याटिङ गरेको प्रदेश ३ ले पहिलो तीन विकेट ३७ रनमै गुमाएको थियो । प्रदेश ३ का लागि अभिषेकले ७१ बलमा ५६ रन बनाए । प्रशान्तले ३२ बलमा एक चौका र एक छक्का प्रहार गर्दै नटआउट ३४ रन बनाए । दीपकले ३९ बलमा चार चौका प्रहार गर्दै ३० रन बनाए । रमेश र सुरज खड्काले प्रदेश ५ का लागि दुई-दुई विकेट लिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*