दैनिक ३ हजार सिमेन्ट उत्पादन गर्ने लक्ष्य सहित रिद्धिसिद्धि सिमेन्ट बजारमा

तामसालिङ खबर
२५ चैत्र २०७५, सोमबार १९:४६

काठमाडौ – शंकर र अम्बे ग्रुपको संयुक्त सहकार्यमा उत्पादित रिद्धि सिद्धि सिमेन्टको औपचारिक अनावरण गरिएको छ । काठमाडौँस्थित होटेल अन्नपूर्णमा आयोजित समारोहमा दुई समूहका अध्यक्ष शंकर लाल अग्रवाल र शोभाकर (हरि) न्यौपानका उपस्थितिमा अतिथि तथा सञ्चारकर्मीहरु समक्ष रिद्धि सिद्धि सिमेन्टको औपचारीक अनावरण गरीयो ।

कार्यक्रममा बोल्दै रिद्धि सिद्धिसिमेन्टका निर्देशक आनन्द नेपालले सिमेन्टको उत्पादन प्लान्टमा प्रयोग गरिएका प्रविधिहरुको बारेमा बताउनुभयो । संसारकै सर्वोत्कृष्ट युरोपेली प्रविधि युक्त प्रक्रियाद्वारा उत्पादित सिमेन्टको गुणस्तरीयता एकरुपता रहेको निर्देशक नेपालले बताउनु भयो ।

रिद्धि सिद्धि सिमेन्टले सर्वश्रेष्ठ उत्पादन सुनिश्चित गर्न सर्वोत्कृष्ट युरोपेली प्रविधि प्रयोगमा ल्याएको छ, संगै प्लान्टमा प्रयोग गरिएको भर्टिकल रोलर मिल (भि.आर.एम.),सेन्ट्रल कन्ट्रोल रुम टेक्नोलोजी तथा नेपालमा पहिलो पटक प्रयोग गरिएको रोबो ल्याब सिस्टम रलेजर सिल प्याकेजिङ लगायतका विभिन्न प्रविधिहरुका बारेमा जानकारी दिदै उक्त प्रविधिको प्रयोगले गुणस्तरमा एकरुपता कायण रहने नेपालले जानकारी गराउनुभयो ।

देशमा सर्वोत्कृष्ट अत्याधुनिक प्रविधियुक्त सिमेन्ट प्लान्टको स्थापना गर्ने उद्देश्य बोकेको रिद्धि सिद्धि सिमेन्टको स्थापना २०७३ सालको फागुन महिनामा भएको हो । कम्पनीले हेटौँडा र चितवनस्थित आफ्नै चुनढुङ्गा खानीबाट दैनिक ३००० टन सिमेन्ट उत्पादन क्षमता पु¥याउने लक्ष्य राखेको    छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*