कांग्रेसको वनभोज तथा नयाँ वर्षको शुभकामना आदानप्रदान

तामसालिङ खबर
२३ चैत्र २०७५, शनिबार २१:१९

हेटौंडा – नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ को संयुक्त आयोजनामा शनिबार बनभोज तथा आउदै गरेको नयाँवर्ष २०७६ सालको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

कार्यक्रमको कार्यक्रम संयोजक टाँकाराज धितालको सभाध्यक्षता भएको कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यतामा बनभोज तथा शुभकामना आदानप्रदान र पार्टी प्रवेश कार्यक्रम भएको छ ।

कार्यक्रममा बोल्दैहुदै, ‘प्रमुख अतिथि उपाध्यायले अहिलेको सरकार चरम भ्रष्टाचारमा लिप्त भएकाले बिस्तारै सबैको विश्वास कांग्रेसप्रति बढेको बताउनुभयो ।’

त्यसैगरी विशिष्ट अतिथि नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले कांग्रेस अगाडि बढ्न कसैले रोक्न नसक्ने बताउनुभयो । कम्युनिस्टको शासनसत्ताबाट जनता आजित भैसकेको बताउँदै बानियाँले अबको ३ वर्षपछि कांग्रेसलाई कसैले पराजित गर्न नसक्ने बताउनुभयो ।

कार्यक्रममा अतिथिहरु कांग्रेस मकवानपुरका उपसभापति विष्णुप्रसाद लामिछाने, प्रमुख सल्लाहकार माईकल रामचन्द्र अर्याल, संगठन विभाग प्रमुख कृष्णप्रसाद सञ्जेल, शिक्षा विभाग प्रमुख कृष्णप्रसाद दाहाल, नगर सभापति आनन्दराम पराजुली, हेटौंडा १६ का वडा अध्यक्ष रामकृष्ण कोईराला, दामोदर सुवेदीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियोे । कार्यक्रममा राप्रपा र नेकपा पार्टी परित्याग गरि ४३ जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*