हाँडीखोलामा राष्ट्र बैँकको वित्तीय चेतना कार्यक्रम
हेटौडा (मनहरी) – मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ३ हाँडीखोलामा नेपाल राष्ट्र बैँक वीरगञ्ज क्षेत्रीय कार्यालयको आयोजनामा ‘वित्तीय चेतना कार्यक्रम’ गरेको छ ।
वित्तीय चेतना कार्यक्रमको सहजीकरण गर्दै बैँकका निर्देशक राजन बिक्रम थापाले वित्तीय समस्या र बैँकहरुमा भइरहेका समस्याहरुका बारेमा उपभोक्ताहरुलाई सचेत गराएका थिए ।
उनले राष्ट्र बैँकले सबै बैँकहरुको छाताको रुपमा काम गर्ने बताउँदै राष्ट्र बैँकले निर्माण गरेको नीति र नियमहरुका आधारमा सबै बैँकहरुको नियमन हुने बताए । कार्यक्रममा राष्ट्र बैँकको काम कर्तब्य र उद्देश्यका बारेमा स्थानीय विद्यार्थीहरु उमा बिडारी, अभिषेक अर्याल, महेन्द्रज्योति माध्यमिक विद्यालयका प्राचार्य गोकुलप्रसाद शर्मा, सञ्चारकर्मी शिवकुमार काशी लगायतले धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा सहभागीहरुले बैँक ब्याज निरन्तर बढिरहेको, खाता बन्द हुनेगरेको लगायत बिषयहरुमा जिज्ञासा राखेका थिए । जिज्ञासाको जबाफ बैँकका निर्देशक राजन बिक्रम थापाले दिएका थिए । मनहरी डटकमबाट