मकवानपुरको थाहानगरमा कक्षा ८ को परीक्षाफल प्रकाशित

सोमबार स्थानीय पत्रपत्रिका मार्फत बिस्तृत नतिजाको विवरण सार्वजनिक गरिने
तामसालिङ खबर
२२ चैत्र २०७५, शुक्रबार २३:२७

थाहानगर– मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरमा नया संरचना अनुसार यस वर्ष देखि नगरस्तरिय संचालित कक्षा ८ को परीक्षाको परीक्षाफल शुक्रबार प्रकाशित गरिएको छ । मकवानपुरमा परीक्षाफल थाहा नगरपालिकाले पहिलो प्रकाशित गरेको छ । चैत्र १ गतेदेखि ११ गतेसम्म नगरस्तरीय परीक्षा संचालन भएको थियो ।

थाहा नगरमा कूल ७ सय २० जना परीक्षार्थी सहभागी रहेकोमा कूल ५ सय ९९ अर्थात ८३.३१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको नगरस्तरीय परीक्षा समितिका अध्यक्ष हरिलाल पुरीले जानकारी दिए । सामुदायिक तर्फ बज्रबाराहीस्थित सुनौला माविबाट ४० जना परीक्षार्थी सहभागी भएको सबै उत्तीर्ण भएका छन् ।

त्यस्तै, संस्थागत विद्यालयहरु पालुङ भ्याली हार्ट एकेडेमीको १८ जना, हिमालयन इङलिस सेकेन्डरी बोडिङ स्कुल ३३ जना, पालुङ इङलिस बोडिङ स्कुल १३ जना, पालुङ मोडर्न इङलिस मिडियम स्कुल ३ जना, इअन इङलिस एकेडेमी १४ जना र सरस्वती विद्या मन्दिर १९ जना सहभागी भएकोमा शत प्रतिशत विद्यार्थीहरु उत्तीर्ण भएको परीक्षा समितिका सदस्य सुरेन्द्रमान प्रधानले जानकारी दिए ।

यसैगरी, बागेश्वरी मावि टिष्टुङबाट ९४ जना सहभागीमध्ये ९० जना उत्तीर्ण भए । जनकल्याण मावि पालुङबाट ७२ जनामध्ये ५९ जना, मत्स्यनारायण माविबाट ३१ जनामध्ये १८ जना, घाटदेवी आधारभूत विद्यालयबाट १६ जनामध्ये १० जना, बुद्ध आभारभूत विद्यालयबाट १३ जनामध्ये ७ जना, इन्द्रायणी मावि आग्राबाट २५ जनामध्ये ११ जना विद्यार्थी उत्तीर्ण भएका छन ।

चम्पेश्वर आधारभूत विद्यालय, बिसिङखेलबाट १७ जनामध्ये १० जना, नाटेश्वर मावि टौखेलबाट ३६ जनामध्ये २९ जना, बज्रबाराही माविबाट ५६ जनामध्ये ५३ जना, झम्केश्वरी माविबाट ४३ जनामध्ये ३३ जना, स्वच्छन्द भैरब मावि चित्लाङबाट ४२ जनामध्ये ३१ जना विद्यार्थी उत्तीर्ण भएका    छन् ।

गतवर्ष सबैभन्दा कम नतिजा आएको सुन्दरीदेवी मावि आग्राबाट यसवर्ष कुल ७० जनामध्ये ६६ जना विद्यार्थी उत्तीर्ण भएको परीक्षा समितिका सदस्य सचिव लक्ष्मण दाहालले जानकारी दिए । सरस्वती आधारभूत विद्यालय अंगारेबाट १३ जनामध्ये ७ जना, सेतीगणेश आधारभूत विद्यालयबाट १८ जनामध्ये १३ जना, सरस्वती मावि देउखेलबाट ३६ जनामध्ये २२ जना उत्तीर्ण भएका छन् ।

परीक्षाफल प्रकाशन पछि समष्टिगत नतिजाका लागि आइतबार नगर शिक्षा कार्यालयमा सम्पर्क गर्न भनिएको छ । साथै, सोमबार स्थानीय पत्रपत्रिका मार्फत नतिजाको बिस्तृत विवरण सार्वजनिक गरिने जनाइएको छ । गत वर्ष सम्बन्धित विद्यालयहरुलाई नै परीक्षा केन्द्र निर्धारण गरि परीक्षा संचालन गरेको नगरले यो वर्ष विभिन्न ६ वटा परीक्षा केन्द्रहरुबाट परीक्षा लिइएको थियो । थाहानगरमा आधारभूत तहका कक्षा संचालन गर्ने २२ विद्यालय छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*