यी ठाउँमा हुनेछन, मुख्यमन्त्री प्रदेश प्रमुख तथा सांसद भवन
हेटौडा : सरकारले प्रदेश नंबर ३ को अस्थायी राजधानी हेटौँलाई तोकेपछि अब मुख्यमन्त्री तथा प्रदेशका मन्त्रालय र सांसद भवनहरु काहाकहा हुने भनेर आम नागरिकलाई कौतुहुलत जागेको समयमा सरकारले कार्यालय रहने स्थान समेत तोकेको छ ।
सरकारले प्रदेश प्रमुखको कार्यालय र आवास क्षेत्रीय प्रशासन कार्यालयको भवन, हेटौँडामा तोकेको छ । त्यसैगरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जिल्ला समन्वय समितिको कार्यालयमा रहने भएको छ । त्यसगर सभाहल र संसद् सचिवालय क्षेत्रीय शिक्षा निर्देशनालयको भवनमा तोकिएको छ ।
मन्त्रालयहरुको हकमा मकवानपुरमा रहेको विभिन्न क्षेत्रीय कार्यालयहरुमा रहने समेत संभावना रहेको छ । हेटौँडामा १९ वटा भन्दा धरै क्षेत्रीय स्तरको कार्यालय भएको कारणपनि प्रदेशका विभिन्न कार्यालयहरुको लागि समस्या नुहने बताईएको छ ।