ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने
हेटौंडा । ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको बताए ।
बिहीवार हेटौंडामा भएको अखिल नेपाल जनसांस्कृतिक महासंघ अन्तरगत जनकलाकार संघ मकवानपुरको प्रथम सम्मेलनलाई संवोधन गर्दै अझै जागरणको गीत नेपालको राजनीतिक सामाजिक परिस्थितिले मागिरहेको बताए ।
राजेश मग्रातीको अध्यक्षतामा भएको सम्मेलनले दिलकुमार लामाको अध्यक्षतामा ३३ सदस्यीय जनकलाकार संघ मकवानपुर जिल्ला कमिटी गठन गरेको छ ।
कमिटीको उपाध्यक्षमा कुसुम माझी, बाबुराम माझी, सचिबमा कृष्ण बहादुर स्याङतान, कोषाध्यक्षमा साजनी माझी, सहसचिवमा सुजना थापा मगर चयन भएकाछन ।
त्यस्तै सदस्यहरुमा कबिता सुनार, रबिन गोले, रन्जिता घिसिङ, युकेश स्याङ्तान, शरण सेन्चुरी लगायत चयन भएकाछन ।
सम्मेलनमा माओवादी केन्द्रमा बागमती प्रदेश उपाध्यक्ष प्रेम बहादुर पुलामी, जनसांस्कृतिक महासंघ मकवानपुर संयोजक बनस्तम थिङ्ग, कलाकार माया लामा घलान, प्रतीक लामा, सुनिल बयलकोटी लगायतको आतिथ्यता रहेको थियो ।