जनयुद्ध दिवसमा बुद्धचोकमा दीप प्रज्वलन
फाल्गुन, हेटौँडा – नेकपा माओवादी केन्द्रका भातृ संगठनहरु र नेकपा मकवानपुरले संयुक्त रुपमा २९ औं जनयुद्ध दिवसको अवसरमा दीप प्रज्वलन गरेकाछन ।
नेकपा माओबादी केन्द्रका भातृ संगठन अखिल क्रान्तिकारी, वाईसीएल नेपाल, प्रेस सेन्टर नेपाल, अखिल नेपाल किसान महासंघ र नेकपा मकवानपुर लगायतका संगठनहरुले संयुक्तरुपमा ¥याली सहित बुद्धचोकमा दीप प्रज्वलन गरेर ‘जनयुद्ध दिवस’ मनाएका हुन् ।
मंगलबार सिमाचोकबाट सुरु भएको र्याली सहित बुद्धचोकमा दीप प्रज्वलन सहित कोणसभामा परिणत भएको थियो । सरकारले जनयुद्ध दिवसमा दिएको बिदा सर्वोच्च अदालतले खारेज गर्नु दुखद भएको दीप प्रज्वलन कार्यक्रममा सहभागीहरुले बताए । सबै माओवादी घटकहरु एक हुनुको बिकल्प नभएको उनीहरुको भनाई छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी छिन्तुले व्यवस्था परिवर्तनमा जनयुद्धको भुमिका महत्वपूर्ण रहेको बताए ।
कार्यक्रममा नेकपाका मकवानपुर इन्चार्ज राम सि वाटर, माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य बीर बहादुर घलान ज्वाला, प्रेस सेन्टर मकवानपुर उपाध्यक्ष राजकुमार केसीले शुभकामना मन्तब्य राखेका थिए ।
अखिल क्रान्तिकारी मकवानपुरका कोषाध्यक्ष बुद्धराज अर्यालले संचालन गरेको कार्यक्रममा माओबादी केन्द्रका बागमति प्रदेश सदस्य ललित घलान, मकवानपुर जिल्ला संयोजक शर्केश घलान, सचिब भिम पाख्रीन, नेकपाका उत्तरी पश्चिमी इन्चर्ज सुर्य सि अधिकारी, माओबादी केन्द्र हेटौडा उपमहानगर अध्यक्ष तिर्थबहादुर थापा मगर, अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका मकवानपुर अध्यक्ष जयराम रायमाझी, अखिल क्रान्तिकारी केन्द्रीय सचिब रोशन मगर, प्रेस सेन्टर नेपालका केन्द्रिय नीति आयोगका सदस्य कृष्ण सारु मगर, प्रेस सेन्टर बागमती प्रदेश महासचिव ध्रुव अधिकारी लगायतको उपस्थिति थियो ।
२९ बर्ष अगाडि २०५२ साल फागुन १ गतेदेखि तत्कालिन नेकपा माओवादीले जनयुद्ध सुरु गरेको दिनको स्मरणमा जनयुद्ध दिवस मनाउदै आएको छ ।