कैलाश गाउँपालिकामा ८ जना चेलीलाई सम्मान
फाल्गुन, हेटौडा (कैलाश) – मकवानपुरको कैलाश गाउँपालिकाले ८ जना चेलीलाई सम्मान गरेका छन्। गाउँपालिकाको १३ औं गाउँसभाको अवसरमा शुक्राबार बाल बिवाह न्युनीकरणमा विभिन्न कार्यक्रम गरिरहेका २० वर्ष उमेर पुगी बिवाह गर्ने ८ जना चेलीलाई प्राेत्साहन स्वरुप सम्मान गरेकाे हो।
बजेट मै चेली प्राेत्साहन कार्यक्रम उल्लेख गरी कार्यान्वयन गरेकाे गाउँपालिकाले गाउँसभाकाे अवसरमा ८ जना चेलीलाई प्रतिव्यक्ति २० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरेकाे हाे ।
सम्मानित हुनेहरुमा वडा नम्वर १० निवासी सम्झना स्याङ्गतान, वडा नम्वर ६ निवासी गाेमा थाेकर, वडा नम्वर ९ निवासी राममाया विश्वकर्मा, गंगा घिमिरे, सजिना शिवाकोटी, अमिरा थापा, पार्वती बर्ताैला, राधिका कालाखेती रहेका छन् । बालविवाह कम गर्नुका साथै शिक्षामा अब्बल बनाउन गाउँपालिकाले हरेक वर्ष प्राेत्साहन कार्यक्रम गरिरहेकाे गाउँपालिकाका अध्यक्ष लाेकबहादुर मुक्तानले बताए ।