थाहानगर अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा सम्बन्धी अनुदानका लागि छनोट

तामसालिङ खबर
२३ माघ २०८०, मंगलवार १९:२६

माघ, हेटौडा (थाहा नगर) – मकवानपुरको थाहा नगरपालिका अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा सम्बन्धी अनुदानका लागि छनोटमा परेको छ । मकवानपुर जिल्लामा थाहा र मकवानपुरगढी गाउँपालिका छनोट भएका हुन् ।

बागमती प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत शिक्षा विकास निर्देशनालयले १० जिल्लाका १८ स्थानीय तह अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा सम्बन्धी अनुदानका लागि छनोट गरेको हो । बागमती प्रदेशकमा १३ जिल्लामा १ सय १९ स्थानीय तह रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*