बक्तृत्वकलामा हेटौंडा १९ की सपना बर्तौला प्रथम

तामसालिङ खबर
१३ माघ २०८०, शनिबार २०:२५

माघ, हेटौंडा – सहिद दिवसको अवसरमा शनिबार आयोजित सहिद र मदन भण्डारीका सपना साकार पार्नका लागि नवयुवाको भुमिका बिषयक बक्तृत्वकला प्रतियोगितामा हेटौंडा १९, कि सपना बर्तौला प्रथम हुनुभएको छ ।

सहिद सप्ताह कार्यक्रम अन्तर्गत मदन भण्डारी फाउन्डेसन मकवानपुरको ब्यबस्थापन र सहिद स्मारक बिकास समितिको आयोजनामा भएको बक्तृत्वकलामा बर्तौला प्रथम हुनुभएको हो ।

हेटौंडा ५ कि आकाक्षा निरौला दोस्रो, हेटौंडा ४ की दर्शना सापकोटा तेस्रो हुनुभयो भने हेटौंडा ९ की अभिप्सा पौडेल सान्त्वना हुनुभएको छ । उहाँहरुले क्रमशः १० हजार, ७ हजार, ५ हजार र १ हजार नगद पुरस्कार रहेको छ । बक्त्तृवकलाका लागि १६ जनाले सहभागिता जनाएका थिए । बक्तृत्वकलामा घनश्याम घिमिरे, भावना सपकोटा र अमृत बर्तौलाले निर्णयाकको भुमिका निर्वाह गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै बागमती प्रदेशका प्रथम मुख्यमन्त्री तथा सहिद स्मारक बिकास समितिका अध्यक्ष डोरमणि पौडेलले सहिदका सपना साकार पार्न सबैको भुमिका अपरिहार्य रहने बताउनुभयो । सहिद र जननेता मदन भण्डारीले देखाएको बाटोमा हामी हिड्न जरुरी रहेको उहाको भनाई थियो । राजनीति निषेध भन्दा पनि गलत नेतृत्वलाई निषेध गर्नुपर्ने बताउनुभयो । कार्यक्रमका सहभागीहरुलाई प्रमाणपत्र शनिबार नै बितरण गरीको थियो भने बिजेताहरुलाई १५ गते प्रमाणपत्र तथा पुरस्कार बितरण गरिने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*