राक्सिराङमा सञ्चालित परियोजनाबारे नारी सीपको अन्तरक्रिया

तामसालिङ खबर
११ पुष २०८०, बुधबार २२:३४

पौष, हेटौडा (राक्सिराङ) – नारी सीप सिर्जना केन्द्र नेपालले राक्सिराङ गाउँपालिकामा सञ्चालन गरिरहेको मकवानपुरमा सुरक्षित स्थानागमन प्रबद्र्धन परियोजनाबारे छलफल तथा अन्तरक्रिया गरिएको छ । बुधबार एक कार्यक्रमको आयोजना गरि परियोजनाअन्तर्गत सन २०२३ मा सञ्चालित विभिन्न कार्यक्रमहरुको बारेमा छलफल तथा बिश्लेषण गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा परियोजनाअन्तर्गत सञ्चालित सचेतनामुलक तथा जिविकोपार्जन सम्बन्धि कार्यक्रमहरुबारे चर्चा गरिएको थियो ।

केन्द्रका कार्यक्रम संयोजक ज्योति बम्जनले सन २०२३ मा सम्पन्न गरिएको विभिन्न सचेतनामुलक तथा जिविकोपार्जन सम्बन्धि कार्यक्रमको उद्धेश्य, लागत र उपलब्धिबारे स्पष्ट पार्नुभएको थियो । उहाँले गाउँपालिका तथा वडास्तरमा मानव बेचविखन तथा ओसारपसार नियन्त्रणसम्बन्धि स्थानीय समिति निर्माण गरि काम गरिएको बताउनुभयो । त्यस्तै विभिन्न अन्तरक्रिया तथा छलफल, सचेतनामुलक कार्यक्रमहरु, सडक नाटक तथा सन्देशमुलक बेसलाइन सर्वेक्षणजस्ता कार्यहरु गरिएको बताउनुभयो ।

जिविकोपार्जन सम्बन्धि सीपमुलक तालिम, अदुवा खेती, बंगुरपालन, बाख्रापालन जस्ता तालिम सञ्चालन गरि समुदायलाई आत्मनिर्भर बनाइएको र ठुला लगानीमा सिचाई योजनासमेत निर्माण गरिएको उहाँले बताउनुभयो । एक बर्षको अवधिमा १ करोड २९ लाखभन्दा बढिको कार्यक्रमहरु सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागीले संस्थाको सहयोगले समुदायमा परिवर्तन आएको बताए । संस्थाले कृषि तथा पशुपालनबारे तालिम दिइ लगानीसमेत गरिदिएकाले आत्मनिर्भर बन्न सहज भएको सहभागीहरुले बताए । सञ्चालित कार्यक्रमको निरन्तर अनुगमन र सहयोग गरिरहेकाले गाउँपालिकाको भन्दा पनि प्रभावकारी रहेको उनीहरुको भनाई छ ।

वडाअध्यक्ष उत्तम वाइबाले सञ्चालित कार्यक्रमहरु स्थानीय सरकारको भन्दा पनि प्रभावकारी र गुणस्तरिय रहेको बताउनुभयो । विभिन्न तालिम, खेती तथा सिचाई योजनाहरु अनुगमन गर्दा समुदाय प्रत्यक्ष लाभान्वित भएको पाइएको अध्यक्ष वाइबाको भनाई छ । उहाँले बिद्यालयहरुमा कृषि सिकाईमा जोड दिन, ब्यवहारिक रुपमा सदुपयोग हुने कार्यक्रमहरु सञ्चालन गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा गाउँपालिकाका वडाअध्यक्षहरु हरि बहादुर प्रजा, युसाई प्रजा, प्रमुख प्रशासकिय अधिकृत देवचन्द्र गर्तौला, सञ्चारकर्मी तथा सरोकारवालाको उपस्थिति रहेको थियो । संस्थाकी सचिव कल्पना बिश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यकारी निर्देशक प्रविन बास्तोलाले स्वागत मन्तव्य राख्नुभएको थियो ।

१ जनवरी २०२३ देखि राक्सिराङमा सु्रु भएको परियोजना सन २०२५ सम्म सञ्चालन हुनेछ । सो परियोजना राक्सिराङको १, २, ३, ४, ५, ८ र ९ नं. वडामा सञ्चालित छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*