चौथो थाहा महोत्सबको तयारी पुरा, मुख्यमन्त्री जमकट्टेलले महोत्सबको उद्घाटन गर्ने
मंसिर, हेटौडा (थाहा नगर) – मकवानपुरको पर्यटकीय नगर थाहानगरमा मंसिर १४ देखि भोलि देखि हुन लागेको चौथो थाहा महोत्सवको तयारी पुरा भएको छ।
स्टल व्यवस्थापन, कृषि मेला प्रदर्शनी, पर्यटकीय जोन लगायतको तयारी पूरा भएको छ भने मञ्च र बाल मेलाको तयारी अन्तिम चरणमा पुगेको आयोजक थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकालले जानकारी दिनुभयो।
आयोजकले महोत्सवको उद्घाटन बिहिबार गर्ने कार्यक्रम तय गरेको छ । १० दिनसम्म संचालन हुने महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकटेलले गर्ने कार्यक्रम रहेको छ । उक्त अवसरमा थाहा नगरपालिकाका प्रमुख, उपप्रमुखसहित विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहने आयोजकले बताएको छ ।
महोत्सव उद्घाटनअघि ओखरबजारबाट विहान ९ बजे शोभायात्रा शुरु गरिने संघका महासचिब जर्म श्रेष्ठले बताए । शोभायात्रामा परम्परागत साँस्कृतिक झाँकीहरु सहित महिला पन्चेबाजा, महिला खैजडी भजन, झाक्रीको झाकी नाच तथा स्थानीय स्काउटका साथै बिभिन्न बिद्यालयको सहभागिता समावेश गरिएको छ ।
महोत्सवमा अवलोकनकर्ताहरुलाई मनोरन्जन प्रदान गर्न आउने कलाकारहरु पक्का भैसकेको छ। राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती रहने महोत्सवमा प्रत्यक्ष बाजामा लोकदोहोरी समेत हुनेछ ।
उत्तरी मकवानपुरको कृषि, पर्यटन र व्यापारको प्रवर्धनमा टेवा पुर्याउन महोत्सवको आयोजना गर्न लागिएको हो । महोत्सवमा कृषि, अटो तथा सवारीसाधन, फेन्सी तथा कस्मेटिक, हस्तकला तथा उद्यमशील, आइटी, परामर्श तथा प्रबर्द्धन लगायत गरी २ सय ५० वटा स्टलहरु रहेको छ ।