बागमती प्रदेश प्रमुख शर्माद्वारा दुई वटा विधेयक प्रमाणीकरण
कार्तिक, हेटौडा – बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले बिहीबार दुई वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ ।
प्रदेश प्रमुख शर्माले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० र प्रदेश संचारमाध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको हो ।
प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रदेश सभाबाट पारित भई आएको ती दुबै विधेयक प्रमाणीकरण गरेको प्रदेश प्रमुख सचिवालयका प्रवक्ता गोविन्द प्रसाद पौडेलले जानकारी दिनुभयो ।