नवरात्रको सातौँ दिन आज फूलपाती

तामसालिङ खबर
४ कार्तिक २०८०, शनिबार ०८:१५

कार्तिक, हेटौडा – बडादसैँको सातौं दिन आज फूलपाती । घरघरमा फूलपाती भत्र्यिाएर मनाइँदै छ ।

आज दुर्गा भवानीको प्रतिमा राखिएको दशैँघरमा फूलपातीको शुभसाइतका रुपमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल तथा अन्य नयाँ पालुवासमेत विधिपूर्वक भित्र्याइन्छ ।

मकवानपुरको शक्तिपीठहरूमा पनि फूलपाती भित्र्याइँदै छ । भुटनदेवी मन्दिर र वनस्खण्डी व्यवस्थापन समितिका अध्यक्ष राममान श्रेष्ठको नेतृत्वमा आज फूलपाती भित्र्याइँदै छ । फुलपाती भित्र्याउने कार्यक्रममा ठुलोमा मात्रा भक्तजनहरूको सहभागीता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*