मनहरीको टासी फुन्छोङ छ्योइलिङ गुम्बामा ञ्युङने मौन व्रत

तामसालिङ खबर
३ कार्तिक २०८०, शुक्रबार ०८:०९

कार्तिक, हेटौडा (मनहरी) – पश्चिम मकवानपुरको मनहरीमा आजदेखि ञ्युङ्ने मौनव्रत सुरू हुँदैछ । दशैँका बेला शक्ति पिठ र देवदेवीको नाममा लाखौं निर्दोष पशुपंक्षीहरूको हत्या हिंसा र बली चढाईने भएकोले मुक्तिका लागि कामना गर्दै बौद्धधर्मावलम्बीहरू ञ्युङ्ने उपासक मौन ब्रत शुरु गरेको हो।

मनहरी गाउँपालिका ८, सिम्पानी स्थित टासी फुन्छोग छ्योईलिङ गुम्बामा आजदेखि ६ गते तीन दिन सम्म हुने उक्त कार्यक्रम हुँदै छ । बौद्ध धर्मगुरुहरूका अनुसार हिंसक मानिसको मनमा बोधिचित्त एवम् करुणा उत्पन्न होओस् र सबै प्राणीको उद्धार एवम् मुक्तिको लागि विभिन्न समयमा त्यस्तो व्रत बसिन्छ ।

तीन दिवसीय महायान ञ्युङने उपत मौनव्रत धर्म गुरु सोनम रुम्बाबाट शिल प्रदान गरिने र गुरु खेन्पो सर्वजित गोङबाको प्रमुख आतिथ्यतामा अमृतमय बुद्ध वचन साथै वाङ अविशेक हुने कार्यक्रम रहेको छ । उक्त ब्रतमा सहभागिता जनाउनका लागि धर्म गुरु र उपासक उपासिकाहरूले नाम समेत दर्ता गराइ सकेको गुम्बा ब्यबस्थापन समितिले जनाएको छ ।

कार्तिक ३ गते आज बेलुका ५ बजेसम्म गुम्बामा जम्मा हुने, कार्तिक ४ गते बिहान शिल ग्रहण, कार्तिक ५ गते बिहान पनि शिल ग्रहण र कार्तिक ६ गते बिहान गुरु खेन्पो सर्वजित गोङबाबाट प्रवचन वाङ अविशेक साथै समापन गर्ने कायृक्रम रहेको आयोजकले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*