चैनपुरको जेसीजको आजबाट सप्ताहब्यापी कार्यक्रम
असोज, हेटौडा (मनहरी) – मकवानपुरको पश्चिमी क्षेत्रमा कृयाशिल जेसीआई चैनपुर प्रस्तावितको जेसीज सप्ताह आजबाट सुरु हुने भएको छ । विविध कार्यक्रमको आयोजना गरी जेसीज सप्ताह मनाउन लागिएको छ ।
पहिलो दिन आज जेसीजको सम्पर्क सचिवालय उद्घाटन र जेसीजको बिषयमा जेसीजका सदस्यका बीच हाजिरीजवाफ प्रतियोगिता हुनेछ । हाजिरी जवाफको विजेतालाई नगद पुरस्कारको व्यवस्था रहेको आयोजकले बताएको छ ।
यस्तै, २९ गते सोमबार राक्सिराङमा रहेको श्री आधारभुत विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण र मनहरी ३ लामिटारमा लागूऔषध दुर्व्यसन सम्बन्धि सचेतना कार्यक्रम हुने छ ।
स्थानीय टोल विकाससँस्थाको आग्रहमा लागूऔषध दुर्व्यसन सम्बन्धि सचेतना कार्यक्रम आयोजना गर्न लागिएको जेसीजका अध्यक्ष गणेशदर्पण अधिकारीले जानकारी दिए । ‘सबै जेसीजले विविध कार्यक्रमको आयोजना गरी जेसीज सप्ताह मनाउने गरेका छन् ।
३० गते बिहान जेसीज दौड प्रतियोगिता र सूर्यकिरण युवा क्लवलाई खेलकुद सामग्री हस्तान्तरण रहेको छ । त्यस्तै, २ किलोमिटर दौडको प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई नगद ५ हजार, ३ हजार र २ हजार रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरिने छ ।
‘सबै जेसीजले विविध कार्यक्रमको आयोजना गरी जेसीज सप्ताह मनाउने गरेका छन् । कात्तिक १ गते जेसीज कप फुटबल सँग जेसीज सप्ताह कार्यक्रमको समेत समापन गरिने चैनपुर जेसीजका महासचिव रबिन ढकालले जानकारी दिए ।
जेसीज सप्ताहका लागि कार्यकारिणी उपाध्यक्ष महेन्द्र राना मगर मुल कार्यक्रम संयोजक रहेका छन् भने उपाध्यक्ष मिलन ढुंगाना सहमुल कार्यक्रम संयोजक रहेका छन् ।