प्रधानको परिवारलाई न्यायको माग गर्दै जिल्ला प्रशासनलाई ज्ञापन पत्र
असोज, हेटौंडा – राजेश प्रधानको परिवारलाई न्याय दिनुपर्ने भन्दै मंगबालर जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई ज्ञापन पत्र बुझाएको छ ।
एकमहिनाअघि चितवनमा हेर्टौंडा १२ निवासी राजेश प्रधानको मृत्यु भएको थियो । उक्त विषयलाई लिएर स्वर्गीय प्रधानका श्रीमती र छोरीले हेटौंडा १ स्थित सन्चो हस्पिटलमा कार्यरत डाक्टरमाथि हातपात गरेका थिए ।
उक्त विषयलाई लिएर चिकित्साक संघले आन्दोलन गरी प्रधानका परिवारलाई कानुनी दायरामा ल्याउन समेत माग गरेका छन्् । तर यता स्वर्गीय प्रधानका परिवार भने हामी पीडक होइन पीडित हो भन्दैआइरहेको छ । जसमा पीडितलाई जन पीडित बनाएको भन्दै दुख व्यक्त गरिरहेका छन् ।
हेलच्याक्राई तथा लापरबाहीको कारणले समयमा पाउनु पर्ने उपचार नपाएकोले प्रधानको निधन भएकोमा पिडित परिवारको आरोप छ । सम्बन्धित निकायले स्त्य तथ्य पत्ता लगाई दोषीमाथि कारबाही गरि पाउनको लागि अनुरोध गर्दा समेत बेवास्ता गरिएको बताएको छ ।
उक्त हस्पिटलका संचालक समितिको पदाधिकारी उपस्थित नभई डाक्टर विकास थापा र प्रशान्त विडारीलाई पठाईदिनु भएकोले पिडितको श्रीमतीले आफ्नो श्रीमान गुमाएको आवेगमा सामान्य हातपात समेत गर्नुपर्ने अवस्था आयो । उक्त घटनालाई सामन्यिकरण, समन्वयः नगरी मिडियामा वढीचढाउ गरी सूचना सम्प्रेषण गरेको पाइयो विज्ञप्तीमा उल्लेख छ ।
सोहि घटनालाई सामाजिक संजालमा वास्तविक सत्य तथ्य कुरा छानविन नगरी समग्र पदमपोखरीबासीलाई आँच आउन, सामाजिक साँस्कृतिक अवचलित ल्याउने खालको फेसबुक स्ट्याटसमा कृष्ण थापाले पदमपोखरी क्षेत्रलाई आतङ्ककारी बसोवास गर्ने क्षेत्र जस्ता अभद्र शब्द प्रयोग गरि दिदै आइरहेको छ ।
सम्पूर्ण सरकारी सुविधाहरु कटौती गर्नुपर्ने जस्ता भौगोलिक, क्षेत्रिय, सांस्कृतिक, जातिय द्वन्द्व ल्याउने खालको अभिव्यक्ति दिएकोले फेसबुक आइडीमा कृष्ण थापालाई नेपाल सरकारको प्रचलित कानून बमोजिम निज व्यक्तिलाई कारवाहि गरि पाउँ भनी जिल्ला प्रशासन कार्यालयमा सामूहिक ज्ञापन पत्र बुझाएका छौ विज्ञप्तीमा उल्लेख छ ।
साथै पिडित स्वर्गीय प्रधानको सपरिवारलाई यथासिघ्र निसर्त रिहा गरिदिनु हुनको लागि कि अपिल गर्न न्यायिक समिति पदमपोखरी संघर्ष समिति १२, १३ र १४ नम्बरका संयोजक सुर्यबहादुर थोकरले जानकारी दिनुभयो ।