पत्रकारको हक अधिकारको सम्मान र हितको पक्षमा प्रतिवद्ध छ – मनहरी गाउँपालिका

तामसालिङ खबर
२ आश्विन २०८०, मंगलवार ०७:१०

असोज, हेटौडा (मनहरी) – मकवानपुरको मनहरी गाउँपालिका पत्रकारहरुको हक अधिकारको सम्मान र सञ्चार क्षेत्रको हितको पक्षमा प्रतिवद्ध रहेको जनाईएको छ।

आइतबार गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतिद्वारा जारी प्रेस विज्ञप्तिमा राज्यका सबै अङ्गहरुले गरेका राम्रा कामको प्रचार र कमीकमजोरी औल्याउँदै सुधारका लागि रचनात्मक सुझाव दिने, आवाज विहिनहरुको आवाज बनेर अहोरात्र सुशासनको पक्षमा क्रियाशील हुने पत्रकारिता क्षेत्रको सदैव सम्मान गर्ने जनाइएको हो ।

पत्रकार सम्मेलनमा स्थानीय उपस्थिती र सामान्य विवादलाई लिएर पत्रकारमाथी चोट पुग्न गएकोप्रति गाउँपलिका दुःख व्यक्त गर्दछ भनी विज्ञप्तीमा उल्लेख छ ।

बिज्ञप्ति हेर्नुहोस् –

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*