राईगाउँ बजारटोलमा पुग्यो, बागमती नदीको पानी

तामसालिङ खबर
१ आश्विन २०८०, सोमबार ०७:३७

असोज, हेटौडा (बागमती) – बागमती नदीको पानी राईगाउ बजार टोलमा पुगेको छ। पूर्वी मकवानपुरको बागमती गाउँपालिका – २ राईगाउँ बजार टोलमा भुमिगत सिंचाईकाे उद्धघाटन गरिएको छ । आईतवार गाउँपालिका अध्यक्ष सर्केश घलानले भूमिगत सिंचाईकाे उद्घाटन गर्नु भएपछी स्थानीय बासिन्दा हर्सित भएका छन् ।

बर्षौ देखि राइगाउँबासीको समस्यालाई समयमै कार्य सम्पन्न गरिएपछि अब कृषकहरुलाई जीवनयापन सुधार हुने र कसैको जग्गा बाजो नहुने भएकोले अवसरलाई सफलतामा बदल्न पालिका अध्यक्ष घलानले बताउनु भयो । अब पालिका भित्र अन्य स्थानमा पनि भूमिगत सिंचाइलाई प्राथमिकतामा राखिएको समेत बताउनु भयो।

बागमती २ का अध्यक्ष जनक पहरीले यो भूमिगत सिचाईले झन्डै ६ सय घरधुरी कृषकहरु लाभान्वित हुने र यो योजनाको लागि विशेष पहल गरि जनतालाई कृषि पेशामा लाग्न प्रोत्साहन गर्नु भएकोमा पालिकालाई धन्यबाद ब्यक्त गर्नु भयो।

उद्धघाटन कार्यक्रममा भूमिगत सिंचाइ डिभिजन कार्यलय चितवनका प्रमुख देव बहादुर स्याङ्बो, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिहरुको भएको थियो । भूमिगत सिंचाईको कार्य चाडै सम्पन्न गरेको समितिका अध्यक्ष राजकुमार राईलाई सम्मान पत्र समेत प्रदान गरेका छन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*