हुलाक सेवालाई जिवन्त राख्न स्मार्ट बनाउन जरुरी : मन्त्री श्रेष्ठ
भदौ, हेटाैँडा – बागमती प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री गंगानारायण श्रेष्ठले हुलाक सेवालाई जीवन्त राख्न स्मार्ट बनाउन जरुरी रहेकाे बताउनुभएकाे छ ।
हुलाक सेवा विभागले हेटाैँडामा गरेकाे एक पालिका एक हुलाक कार्यालयको अवधारणा बमोजिम हुलाकको पुनर्सरचना सम्वन्धि अन्तरक्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले हुलाक सेवाले ७ सय ५३ स्थानीय तहमा प्रदेश र स्थानीय तहका चिठीपत्र मात्रै होइन, सवारी लाइसेन्स, राहदानी, नागरिकता, जेष्ठ नागरिक परिचयपत्र, राष्ट्रिय परिचयपत्र जस्ता आधारभूत कागजात हुलाक सेवा मार्फत जनताको घरदैलोमा पुर्याउने व्यवस्था मिलाउन सक्नुपर्ने बताउनुभयाे ।
मन्त्री श्रेष्ठले सूचना प्रविधिबाट भागेर होइन, त्यसलाई आत्मसात गरेर अर्थात् हुलाकलाई पनि प्रविधिमैत्री बनाएर सफ्टवेयरकाे विकास गर्न सकेमा मात्रै हुलाक सेवालाई प्रभावकारी रुपमा अगाडि बढाउन सकिने बताउनुभयाे ।
बागमती प्रदेशका १३ जिल्ला निर्देशनालयगत पर्ने थप बारा, पर्सा, राैतहट, सर्लाही, महाेत्तरी र धनुषागरि कुल १९ जिल्लाका हुलाक अधिकृत तथा केही स्थानीय तहका प्रतिनिधिहरुसमेतलाई बिद्यमान डाँक रेखा र भावि डाँक व्यवस्थापन, वर्तमान हुलाक सेवा र समसामयिक सुधार,सूचना प्रविधि र प्रणालिकाे प्रयाेगलगायत विषयमा छलफल गरिएकाे थियाे ।
विभागका महानिर्देशक प्रदिपराज अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख ललित घलान, मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव निश्चलराज पाण्डे, निर्देशक ध्रुवराज आचार्यलगायतकाे सहभागिता रहेकाे थियाे ।