साहित्यकार शान्तिप्रिय र सहकारीकर्मी योञ्जनलाई जागरुक महिला सम्मान

तामसालिङ खबर
३१ भाद्र २०८०, आईतवार ०७:०७

भदौ, हेटौंडा – मकवानपुरे साहित्यकार शान्ति प्रियबन्दना र सहकारीकर्मी बाटुकुमारी योञ्जनलाई जागरुक महिला सम्मान २०८० प्रदान गरिएको छ । सामुदायिक रेडियो, रेडियो मकवानपुरले महिलाहरुको पर्व हरितालिका तीजको अवसरमा शनिबार एक कार्यक्रमकाबीच दुई जनालाई जनही नगद १० हजार रुपैयाँसहित जागरुक महिला सम्मान प्रदान गरिएको हो ।

नेपाली कांग्रेसका केन्द्रीय सह-महामन्त्री महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यता तथा रेडियो सञ्चालक समितिका अध्यक्ष पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशसभा सदस्य लक्ष्मी श्रेष्ठ, हेटौंडा उपमहानगरपालिका १६ नम्बर वडा अध्यक्ष रामकृष्ण कोइराला, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य राजन दाहाल खुसराज, दिव्यतारा सहकारीका अध्यक्ष डा गणेश बल लामा, हिमराइट्स मकवानपुरका कार्यक्रम संयोजक कुमारी वाइबा, रेडियो मकवानपुरका स्टेसन म्यानेजर गणेशदर्पण अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमका सहभागी मध्ये तीन जनालाई लक्की ज्वेलर्सले गोलाप्रथा मार्फत सुनचाँदीको गहना समेत प्रदान गरेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*