नारायणगढ मुग्लिन सडक दुईतर्फी नै सञ्चालन

तामसालिङ खबर
२६ भाद्र २०८०, मंगलवार १६:५४

भदौं, भरतपुर – सुक्खा पहिरोका अवरुद्ध नारायणगढ – मुग्लिन सडकखण्ड दुईतर्फी रूपमा सञ्चालनमा आएको छ ।

इच्छाकामना गाउँपालिका-६ स्थित नाम्सी पुलमा मंगलबार बिहान सुक्खा पहिरो खस्दा अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडक दुईतर्फी रुपमा सञ्चालनमा आएको सडक डिभिजन भरतपुरले जनाएको छ ।

पहिरो गएको थाहा पाए लगत्तै त्यसलाई पन्छाउने तयारी थालिएको थियो । सडक दुईतर्फी सञ्चालन हुँदा बाटोमा अलपत्र परेका यात्रु आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*