न्वागी पर्वका अवसरमा तीन जिल्लामा सार्वजनिक बिदा
भदौ, हेटौँडा – बागमती प्रदेश सरकारले चेपाङ समुदायको राष्ट्रिय पर्व न्वागी (छोनाम)को अवसरमा सार्वजनिक बिदा दिने भएको छ ।
प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णयानुसार प्रदेश सरकारले भोलि शुक्रबार तीन जिल्लामा सार्वजनिक बिदा दिएको आन्तरिक मामिला तथा कानुनमन्त्री एवं प्रवक्ता गङ्गानारायण श्रेष्ठले जानकारी दिए ।
मकवानपुर, चितवन र धादिङमा अति सीमान्तकृत चेपाङ जातिको बसोबास रहेको जनाउँदै चेपाङ समुदायको बसोबास भएका आधारमा तीन जिल्लामा शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरिएको छ।